September 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

चीन किन उत्तर कोरियाको ढाल बनेर उभिन्छ?

 प्रा. केरी ब्राउन, काठमाडौं     

पिपल्स रिपब्लिक चाइना अर्थात् चीन एक यस्तो देश हो, जसको आफ्नो सानो उत्तर–पूर्वी छिमेकी देशको साथमा निकै गहिरो सम्बन्ध छ। यसको एउटा कारण दुवैबीच सम्पन्न दुई सन्धिमा गरिएको प्रतिबद्धता पनि हो। 

उत्तर कोरिया एकमात्र यस्तो देश हो, जसको चीनसित यस्तो सन्धि भएको छ। यसैअन्तर्गत दुवै राष्ट्रले एक–अर्कालाई सहयोग गर्नु जरुरी छ। जुलाई १९६१ म हस्ताक्षर भएको यस सन्धिमा जम्मा सात अनुच्छेद छन्। 

यसको दोस्रो अनुच्छेद निकै महत्वपूर्ण छ। यसमा लेखिएको छ– हस्ताक्षर गर्ने दुवै पक्ष संयुक्त रूपमा यसमा सहमत छन् कि कुनै पनि देशद्वारा हुने कुनै पनि आक्रामकतालाई रोकिनेछ। 

युद्धको स्थितिमा पनि सहयोग गर्नुपर्ने 

यसमा अगाडि भनिएको छ कि यदि एउटा पक्षमाथि कुनै अर्को या कैयौं अन्य राष्ट्र मिलेर आक्रमण गर्छन् र ऊ युद्धमा सामेल हुन्छ भने दोस्रो पक्षले यसलाई समाप्त गर्न तत्काल सैनिक र अन्य साधनबाट मद्दत गर्नेछ। 

सङ्क्षिप्तमा यो बुझ्न सकिन्छ, यदि उत्तर कोरियामाथि अमेरिका या दक्षिण कोरियाले आक्रमण गरे भने चीनको भूमिका के हुन्छ? भन्ने प्रश्नको जवाफ यही अनुच्छेदबाट अवश्यै प्राप्त हुन्छ। यस सन्धिअनुसार एक पक्ष दोस्रो पक्षको युद्धमा सामेल हुन बाध्य छ। 

यसका अतिरिक्त अरू पनि कैयौं उदाहरण छन्। यस सन्धिभन्दा पहिले १९५१ मा चीनले कोरियाली युद्धमा संयुक्त राष्ट्र सङ्घको सेना उत्रिएपछि आफ्ना लाखौं सैनिकलाई उतारेको थियो। उत्तर कोरियाको रक्षा र मध्यवर्ती क्षेत्रको आधारमा हेर्दा यो निकै ठूलो सैनिक सम्पत्ति थियो। 

यो सन्धि अहिले पनि अस्तित्वमा छ। यद्यपि जब यसमा हस्ताक्षर गरिएको थियो, त्यहाँदेखि यहाँसम्म चीनमा निकै ठूलो परिवर्तन भएको छ। सन् १९७६ मा चीनका शासक माओको मृत्युपछि यस देशले समाजवादको एक आदर्शवादी संस्करणको पालना गर्दै यसमा निकै ठूलो सुधार गरेको छ। यसैको परिणामस्वरूप आज चीनको प्रणाली निकै जटिल छ। यसको अर्थ व्यवस्था र भूराजनीतिक महत्त्व बढेको छ। 

उत्तर कोरियाबाट लगभग पूरैजसो निर्यात या त चीनका लागि हुन्छ या चीनको बाटो हुँदै हुने गर्छ। उसको ९० प्रतिशत सहयोग चीनबाटै आउँछ। चीन यस्तो एक्लो देश हो, जसको साथ उसको हवाई सम्पर्क र रेल्वे लाइनमा समेत छ। 

उत्तर कोरियाका लागि विषय निकै अलग भएका छन्। तीव्र प्रयासको बाबजुद पनि पछिल्ला तीन दशकमा नियन्त्रित सुधारमा निकै कम सफलता प्राप्त भएको छ। 

२०११ को सुरुवातमा चीनले उत्तर कोरियाका तत्कालीन शासक किम जोङ इलको स्वागत गरेको थियो। चीनले उनलाई साङ्घाईमा 'स्पेसल इकोनोमिक जोन' देखाएको थियो र उदाहरण दिएको थियो कि कसरी पूँजीवादी पश्चिमा देशको विनिर्माण र निर्यातलाई सेवा दिंदै मार्क्सवाद–लेनिनवादी प्रणालीलाई कायम राख्न सकिन्छ। चीनको यस प्रयासबाट उत्तर कोरियालाई कुनै सहयोग प्राप्त भएन। ऊ आफ्नो 'जुच्छे' विचारधाराअनुसार नै चलिरह्यो। यो एक राष्ट्रवादी विचारधारा हो, जसको उद्देश्य कुनै अर्को मोडलको नक्कल गर्नुबाट रोक्नु हो। 

यसकारण उत्तर कोरियामा यस समय जुन बजार अस्तित्वमा छ, त्यो अत्यधिक सीमाबद्ध र देशको सैन्य उद्देश्य एवं शासनको सहायकको भूमिकामा छ। 

सोभियत सङ्घ थियो संरक्षक 

चीनको वर्तमानमा सबैभन्दा ठूलो शक्ति उसको व्यापार सहायता र ऊर्जा हो। १९९० मा जब सोभियत सङ्घको विघटन भयो, तब उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण संरक्षक रातारात गायब भएको थियो। त्यसपछि उत्तर कोरियाको चीनमाथिको निर्भरता बढ्यो।  

उत्तर कोरियाको ८० प्रतिशत तेल चीनबाटै आउँछ। कोइलाको आयात पनि चीनबाटै हुने गर्थ्याे। यद्यपि, उत्तेजक व्यवहारपछि पछिल्लो वर्ष जुलाईमा उसमाथि प्रतिबन्ध लगाइएको थियो। चीन आफ्नो यस सम्झौताका कारण आफू फसेको महसुस गर्ने गर्छ। उत्तर कोरियाले लगभग पूरैजसो निर्यात या त चीनका लागि हुन्छ या चीनको बाटो हुँदै हुने गर्छ। यसको ९० प्रतिशत सहयोग चीनबाटै आउँछ। चीन यस्तो एक्लो देश हो, जसको साथ उसको हवाई सम्पर्क र रेल लाइनमा समेत छ। 

(ब्राउन लन्डनस्थित किंग्स कलेजका प्राध्यापक हुन्)