November 17, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अस्वस्थकर खानेकुरा बिक्री बढ्दै छ, ध्यान जाओस्

चाडपर्वको कुरा आएपछि खानेकुराको कुरा आउँछ। सामान्य व्यापारीदेखि कालो व्यापारीसम्मलाई फुर्सत हुन्न। व्यापारीको निम्ति कमाउने मौका बन्छ। आर्थिक गतिविधि बढ्नु सकारात्मक पक्ष भएर पनि नाफाको निम्ति अस्वस्थकर खानेकुराको व्यापार बढ्नु क्षतिको कुरा हो। संस्कृतिलाई बाध्यता वा अनिवार्य बनाइदिंदा व्यापारी मौकाको फाइदा उठाउन थाल्छन्।  

दसैंको मुखैमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य पदार्थको मिसावट भेटिएको समाचार आउनु नेपालीको निम्ति नौलो समाचार भएन। होटलमा पाइने परिकारका साथै कुनै पनि खाने सामग्रीमा अखाद्य पदार्थको मिसावट अत्याधिक मात्रमा पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै भनेको छ। मानव स्वास्थ्यमा गम्भीर असर गर्ने अखाद्य वस्तुदेखि केमिकलहरूसम्म मिसावट हुने गरेको पाइएको विभागले जनाएको छ। यो साधारण कुरा होइन। अत्यन्त खतरनाक केमिकल प्रयोग गरेर बनाइने रङ्गीन मिठाइहरू, माछामा नसड्ने केमिकलको मिसावट, दालमा नेपालमै प्रतिबन्ध खेसरीको मिसावट हुने गरेका छन्। खाद्य पदार्थमा रसायन, रङ्ग, बासनायुक्त पदार्थ, विषादी, एन्टीवायोटिक, हर्मोनलगायतका अखाद्य पदार्थ मिसावट गर्ने गरेका छन्। त्यस्ता कारण प्यारालाइसिस तथा क्यान्सरसम्म हुने गरेको विज्ञले बताएका छन्। दालमा मिसाइने खेसरीले प्यारालाइसिस, स्वासप्रस्वास, मुटु रोग देखी क्यान्सर हुने प्रवल सम्भावन हुन्छ। चामल, मकैलगायतका खाद्य पदार्थमा विषादीयुक्त पाउडर, जेरी, लडु, रसवरी, गुलावी, जामन, चटपटे, चाउचाउलगायतमा अजिना मोटोदेखि विभिन्न बास्नादार र कलरहरूको मिसावट हुँदा मानव स्वास्थ्यमा त्यसले गम्भीर असर गर्छ। कोकाकोला, फ्रुटी, स्प्राइट, डीउमा पनि केमीकल मिसावट गरिएको हुन्छ। ब्रोइलर कुखुरामा पनि मानव स्वास्थ्यका लागि हानी पुर्‍याउने एन्टीबायोटिक पाइएको छ। ५० वटा कुखुराको परीक्षणमा दश वटामा यस्तो एन्टीबायोटीक पाइएको जानकार बताउँछन्। खाद्य पदार्थमा अखाद्य पदार्थको मिसावट गरी उपभोक्तालाई ठग्दै मनग्य आम्दानी गर्नेहरूलाई कारबाही हुने कानुनी व्यवस्था भनेको खाद्य ऐन २०२३ तथा नियमावली २०२७ मात्र हो। उक्त ऐन र नियमावलीमा खाद्य पदार्थमा मिसावट तथा ऐनविपरीत काम गर्दै कालोबजारी गर्नेलाई पहिलो पटक भए १ हजारदेखि २ हजार रुपैयाँसम्म जरिवाना गर्ने दोस्रो पटक भए २ हजारदेखि ५ हजारसम्म जरिवाना गर्ने रहेको छ। तर नेपालमा नियम वा कानुन किताबमा सीमित हुन्छ। नेपाली जनताको स्वास्थ्यमा खेलवाड कसैबाट हुनु गलत हो। सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ।  

–साम्राज्ञी, काठमाडौं