January 23, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

भारतीय जनताले बुझ्नुपर्ने कुरा

पत्रकार गौरी लंकेशको हत्याले सबै पत्रकारलाई स्तब्ध बनाएको छ।  हिन्दू अतिवादी र राज्यसत्ताको आलोचनामा आफ्नो कलम चलाउने लंकेशलाई गोली हानी हत्या गरेका सञ्चारले जनाएको छ।  

पत्रकार भनेकै निःस्वार्थ भावनाले काम गर्ने व्यक्ति हो। सबैको समस्यालाई बुझेर सत्य र तथ्य बुझेर लेख्नु उसको धर्म हो। यो एउटा हतारको काम हो। कहीँ कतै केही भयो भने दौडिहाल्नुपर्छ। कसैमाथि अन्याय भयो भने लेख्नुपर्छ। कसैले केही गलत काम गर्‍यो त्यसको अनुगमन गर्ने भावनाले लेख्नुपर्छ। त्यसैले त गलत काम गर्ने ठूलाबडा मान्छेहरू पत्रकारलाई मन पराउँदैन। 

गौरी लंकेशको प्रकरणमा पनि उनले कसैको विरोधमा लेखिन्। त्यसैले ठूलाबडा मान्छेहरूले उनलाई मन पराएनन् र उनको आफ्नै घर अगाडि गोली हानेर मारियो।  

भारतका अन्यायी मान्छेहरूले देश चलाइरहेका छन्। तिनीहरू देशको परिवर्तनको लागि भाषण छाँट्छन्। यिनीहरूको बाहिरी रुप त राम्रो छ। तर भित्र यिनीहरू नराम्रा र भ्रष्टाचारी छन्। यस्तै गलत कामको विपरीतमा पत्रकारहरू कलम चलाउँछन्। यसको विरोधमा कलम चलाउने काम इमानदार पत्रकारको हो। यस्तै पत्रकारहरूले अकालमा आफ्नो ज्यान गुमाउँछन्। देश जोगाउनेहरूकै हत्या निर्मम हुन्छ। यस्ता व्यक्तिहरूकै हत्या गरेपछि देश कसरी बन्ला त? भारतीय जनताले बुझ्नुपर्छ। 

–हिना सुुवाल