September 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

मस्को घोषणापत्र र मस्को वक्तव्यको आधारमा हामी एक होऔं !–२

(मस्को घोषणापत्र र मस्को वक्तव्यका आधारमा हामी एक होऔं ! विश्व कम्युनिष्ट आन्दोलनलाई तुहाउन र छिन्नभिन्न पार्न संशोधनवादीहरूले निरन्तर दुस्प्रयास गरिरहेका छन्। शब्द र वाक्यलाई नकेलाउने र भाव र अर्थलाई विश्लेषण नगर्ने हो भने अन्तर्राष्ट्रवाद भड्खालोमा पर्नसक्छ। 

मस्को घोषणापत्र र मस्को वक्तव्य विश्व कम्युनिष्ट आन्दोलनमा र त्यसबारे जानकारी राख्न चाहनेहरूका निम्ति महत्त्वपूर्ण दस्तावेज हुन्। ती दस्तावेजलाई 'च्यातेर फाल्न' संशोधनवादीहरूले गरेको दुस्साहसविरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीले चलाएको अविचलित सैद्धान्तिक संघर्षबारे पाठकहरूलाई जानकारी दिन नेपाल (काठमाडौंं) स्थित जनवादी गणतन्त्र चीनको दूतावासको सूचना विभागद्वारा 'सारा मुलुकका मजदुरहरू एक होऊ, हाम्रा साझा दुश्मनको विरोध गर !' (तीन सम्पादकीय) शीर्षकमा अनौपचारिक अनुवाद गरी प्रकाशित गरेको थियो। – सम्पादक) 

मस्को वक्तव्यमाथि टिटो गुटको हमला 

जहाँसम्म मस्को वक्तव्यको सवाल छ टिटो गुटले यसमाथि धेरै प्रचण्ड हमला गरेको छ। जर्मनीको समाजवादी एकता पार्टीको हालैको महाधिवेशनमा केही व्यक्तिहरूले टिटो गुटको प्रतिनिधिको रुपमा जुन व्यक्तिको बेसुर कर्तल ध्वनिका साथ स्वागत गरेका थिए, उही व्यक्ति भ्लाहोभिकले फेब्रुअरी १९६१ मा युगोस्लाभियाको कम्युनिष्ट लीगको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित सभामा घोषणा गरे – 'मस्को सम्मेलनले 'विभिन्न दृष्टिकोण तथा प्रवृत्तिहरूको बीचमा सम्झौतामा खोजी गर्ने नीति, नमुना तथा यान्त्रिक समतलतालाई र सङ्घर्षको निम्ति एकरुपीय कार्यनीति नियमहरूलाई स्थापित गर्ने नीति' को अनुशरण गर्‍यो। यसैले एउटै वक्तव्यको ढाँचाभित्रै विश्वका समसामयिक वस्तुगत सामाजिक विकासहरूलाई प्रतिविम्बित गर्ने दृष्टिकोण तथा प्रवृत्तिहरू नोकरशाही कट्टरमतवादी व्याख्याहरूसित मिसिएर रहेको पाइन्छत्र यसको सबभन्दा स्पष्ट दृष्टान्त समाजवादी युगोस्लाभियाप्रति अपनाइएको स्थिति हो।' त्यही सभामा स्वीकृत भएको मस्को वक्तव्यसम्बन्धी प्रस्तावमा भनिएको छ कि 'मस्को वक्तव्यले ... समाजवादको लक्ष्यको निम्तिमात्र होइन बरु विश्वभरमा शान्तिलाई बलियो पार्न गरिने प्रयत्नहरूको लागि पनि हानिकारक परिणामहरूमात्र पैदा गर्नेछ।' 

युगोस्लाभियाली संशोधनवादको आलोचना गर्नु ठीक छ कि छैन? अन्तर्राष्ट्रिय कम्युनिष्ट पंक्तिहरूमा यसबारे कुनै शङ्का हुनुपर्ने होइन। युगोस्लाभियाली संशोधनवादको दृढ विरोध गर्नमा चीनको कम्युनिष्ट पार्टीले अपनाएको सैद्धान्तिक स्थितिलाई अरु बन्धु पार्टीहरूको समर्थन पनि प्राप्त भएको छ। हामी सबैलाई सम्झना होला कि जून १९५८ मा भएको बुल्गेरियाली कम्युनिष्ट पार्टीको सातौं महाधिवेशनमा कामरेड ख्रुश्चेभले भन्नुभयो कि 'चिनियाँ कामरेडहरू र अरु बन्धु पार्टीहरूले पनि युगोस्लाभियाको कम्युनिष्ट लीगको मस्यौदा कार्यक्रमका संशोधनवादी प्रस्थापनाहरूको ठीक तथा गम्भीर रुपमा आलोचना गरिरहेका छन्।' 

हामीलाई यो पनि सम्झना छ कि जर्मनीको समाजवादी एकता पार्टीको पहिलेको महाधिवेशनमा अर्थात् जुलाई १९५८ मा भएको यसको पाँचौ महाधिवेशनमा युगोस्लाभियाली संशोधनवादको आलोचना गरिनुपर्छ भन्ने कुरामा कम्युनिष्ट तथा मजदुर पार्टीहरूको बीचमा कुनै मतभेद थिएन। त्यसबेला कामरेड खु्रश्चेभले भन्नुभयो – 'चीनको कम्युनिष्ट पार्टी, जर्मनीको समाजवादी एकता पार्टी र अरु सबै बन्धु पार्टीहरूले युगोस्लाभियाली नेताहरूका मार्क्सवादविरोधी, लेनिनवादविरोधी विचारहरूको सम्झौताहीन सैद्धान्तिक आलोचना गरे। आफ्ना नेतृत्वकारी अङ्गहरूद्वारा लिइएका फैसलाहरूमा र पार्टी प्रेसमा प्रकाशित लेखहरूमा सबै पार्टीहरूले उक्त विचारहरूको आलोचनात्मक विश्लेषण गर्नमा राम्रो ध्यान दिंदै स्पष्ट स्थितिलाई अङ्गालेर उक्त विचारहरूको निन्दा गरे र यो सही थियो।' 

उहाँले यो पनि भन्नुभयो – '... जब युगोस्लाभियाली नेताहरू आफूलाई मार्क्सवादी–लेनिनवादी भनी घोषणा गर्छन् र जब उनीहरू मूर्ख मानिसहरूलाई गलत बाटोमा लैजान र उनीहरूलाई मार्क्स र लेनिनद्वारा देखाइएको क्रान्तिकारी वर्ग सङ्घर्षको बाटोबाट विचलित पार्नको निम्ति बहानाको रुपमा मात्र मार्क्सवाद–लेनिनवादको उपयोग गर्छन्, उनीहरू मजदुर वर्गको हातबाट यसको सबभन्दा तीखो वर्ग हतियारलाई खोसेर लिन चाहन्छन्। उनीहरूले चाहेर होस् वा नचाहेर, श्रमिक जनताको वर्गदुश्मनलाई मद्दत गरिरहेका छन् र यसको बदलामा उनीहरूलाई कर्जा दिइन्छ, यसको बदलामा साम्राज्यवादीहरू 'कुनै गुट होइन' को उनीहरूको त्यस्तो 'स्वतन्त्र' नीतिको प्रशंसा गर्छन् जुन नीतिको प्रतिक्रियावादी शक्तिहरूले हाम्रो समाजवादी शिविरलाई कमजोर पार्ने कोसिसमा उपयोग गर्छन्।' 

उहाँले फेरि भन्नुभयो – 'आफ्ना भाषण तथा आधिकारिक दस्तावेजहरूमा युगोस्लाभियाली नेताहरूले त्यस्ता संशोधनवादी विचारहरूको खुला रुपमा रुपरेखा तयार पारेका छन् जो मार्क्सवाद–लेनिनवादको क्रान्तिकारी सारतत्वको बिलकुल विपरीत छन्। उनीहरूले स्पष्ट रुपमा फूटवादी, संशोधनवादी नीतिलाई अपनाएका छन् र यसो गरेर उनीहरू मजदुर वर्गका दुश्मनहरूलाई साम्यवादविरोधी सङ्घर्षमा, कम्युनिष्ट पार्टीहरूको विरुद्ध तथा अन्तर्राष्ट्रिय क्रान्तिकारी मजदुरवर्गीय आन्दोलनको एकताको विरुद्ध गरिने साम्राज्यवादहरूको सङ्घर्षमा मद्दत गरिरहेका छन्।' 

उहाँले भन्दै जानुभयो – 'वास्तवमा युगोस्लाभियाली नेतृत्वको कार्यक्रम दक्षिणपन्थी सामाजिक जनवादीहरूको सम्पूर्ण संशोधनवादी भाषणक्रमको एउटा सबभन्दा खराब कथन हो। फलस्वरुप युगोस्लाभियाली नेताहरू क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी शिक्षाहरूको बाटोमा तानिएका छैनन्। उनीहरूले दोस्रो इन्टरनेशनलका संशोधनवादी तथा अवसरवादीहरू बर्नस्टीन, काट्स्की तथा अरु विश्वासघातीहरूद्वारा प्रतिपादित बाटोको अनुशरण गरेका छन्। वास्तविक रुपमा उनीहरूले अब कार्ल काट्स्कीको सन्तान उसको छोरा बेनेडिक्टसित शक्तिहरू एकजुट पारेका छन् ...।' 

जुन कामरेडहरूले पहिलो युगास्लाभियाली संशोधनवादको आलोचना गर्ने सही स्थिति अपनाएका थिए, अब किन उनीहरू १८० डिग्री घुमेका होलान् भन्ने कुरा हामीले बुझ्न सकेका छैनौं। 

यसो गर्नाको कारण के थियो भने 'युगास्लाभियाली नेताहरूले गलत ठानेका धेरै नै चीजहरूलाई हटाइसकेका छन्' भनेर दावा गरिएको छ। दुर्भाग्यवश, टिटो गुटले गल्तीहरूलाई हटाउने कुरा त छाडौं, उनीहरूले कहिले पनि आफूले कुनै गल्ती गरेको भन्ने कुरालाई स्वीकारसम्म गरेका छ्रैनन्। टिटो गुटले आफ्ना गल्तीहरूलाई 'हटाएका' छन् भनेर भन्नु साँच्चिकै शुद्ध तथा स्पष्ट मनोगतवाद हो। हामी टिटो गुटका वकिलहरूलाई टिटोवादीहरूकै कथनहरूतिर ध्यान दिलाउन चाहन्छौं। 

१९५८ को अप्रिलमा नै टिटोले युगास्लाभियाको कम्युनिष्ट लीगको सातौं महाधिवेशनमा घोषणा गर्नुभयो – 'कुनै क्षेत्रहरूले हामी अन्तर्राष्ट्रिय तथा आन्तरिक सवालहरूबारे हाम्रो सैद्धान्तिक स्थितिबाट पछि हटेको हेर्न आशा राख्छन् भने यो केवल समयको बरबादी हुनेछ।' 

१९५९ मा टिटो गुटको अर्काे नेता कार्डेलेजले एउटा पर्चामा झन् बढ्ता स्पष्टताका साथ भन्नुभयो – '... र अहिले आलोचकहरू आफूले जुन चीजहरूको परित्याग गर्न थालेका छन् ती चीजहरूलाई हामीमाथि लाद्न जिद्दी गर्छन् र आफूले जुन चीजहरूलाई स्वीकार गर्न थालेका छन् ती चीजहरूको निम्ति हाम्रो आलोचना गर्छन्।' 

हालै मात्र, १९६२ को डिसेम्बरमा, सोभियत सङ्घबाट बेल्ग्रेड फर्कंदा गाडीबाट उत्रनासाथ टिटोले भन्नुभयो – 'अब युगोस्लाभियाले कसरी आफ्नो नीतिलाई बदल्ने भन्नेबारे गरिने छलफलहरू केवल निरर्थक तथा हाँसोलाग्दो मात्र छन्। हाम्रो नीतिलाई बदल्नुपर्ने कुनै जरुरत छैन।' केही दिनपछि उहाँले फेरि भन्नुभयो – 'मैले त्यहाँ (सोभियत सङ्घमा) भनेँ कि युगोस्लाभियाले आफ्नो विदेश नीतिलाई बदल्ने कुनै सम्भावना छैन।' 

टिटो तथा कार्डेलेजका उक्त कथनहरूले यही कुरा देखाउँछ कि टिटो गुट आफ्नो संशोधनवादी दिशा तथा नीतिहरूमा कुनै परिवर्तन गर्ने कुरालाई दृढ रुपमा अस्वीकार गर्छन्। वास्तवमा उनीहरूले रत्तिभर परिवर्तन गरेका छैनन्। टिटो गुटले 'गलत ठानिएका धेरै चीजहरूलाई हटाइसकेका छन्' भनेर भन्दा टिटो गुटको लागि वकालत गर्नेहरूले झूट बोलिरहेका नभए के गरिरहेका थिए त? 

टिटो गुटको अधिक निकट आउने काम 

केही समयदेखि मानिसहरूले धेरै समस्याहरूमा उनीहरूको विचार कसरी टिटो गुटको विचारको निकट आइरहेको छ वा उक्त विचारसित मिल्दछ भन्ने बारेमा कुरा गर्दै आइराखेका छन्। हामी सोध्छौं – टिटो गुटका संशोधनवादी दिशा तथा नीतिहरूमा कुनै पनि परिवर्तन नभएको हुनाले यस्ता वक्तव्य दिनेहरूले आफूलाई टिटो गुटका संशोधनवादी दिशा तथा नीतिहरूको अधिक निकट लागिरहेका छन् भन्ने कुृरा के यसबाट सावित हुँदैन? 

विशेष रुपमा आश्चर्यलाग्दो कुरा के हो भने केही मानिसहरूले मस्को घोषणापत्र तथा मस्को वक्तव्यलाई एउटा 'अपरिवर्तनीय सूत्र' भनेर सार्वजनिक रुपमा घोषणा गरेका छन्। उनीहरू कुनै बन्धु पार्टीलाई युगोस्लाभियाली संशोधनवादलाई उदाङ्ग्याउन तथा निन्दा गर्न दिंदैनन्। उनीहरू भन्छन् कि जो व्यक्ति युगोस्लाभियाली संशोधनवादको निन्दा गर्नमा दृढ रहन्छ, ऊ 'पूँजीवादका जङ्गली नियमहरूको अनुशरण गर्छ' र 'उही जङ्गली नैतिकतालाई अपनाउँछ।' कसैले प्रश्न गर्नसक्छ – ८१ बन्धु पार्टीहरूद्वारा एकमतले स्वीकृत गरिएको मस्को वक्तव्यलाई 'एउटा अपरिवर्तनीय सूत्र' वा 'पूँजीवादका जङ्गली नियमहरू' भनेर बताउनाको उद्देश्य के हो? के यो मस्को घोषणापत्र तथा मस्को वक्तव्यलाई च्यातेर पठाउने नियत होइन? मस्को वक्तव्यअनुसार युगोस्लाभियाली संशोधनवादको निन्दा गर्नु 'जङ्गली नैतिकता' हो भने मस्को घोषणापत्र तथा मस्को वक्तव्यको उल्लङ्घन गर्नु र बन्धु पार्टी तथा बन्धु देशलाई 'घाँटी निमोठेर मार्न' उत्सुक रहनु कस्तो किसिमको नैतिकता हो त? 

हामी यो पनि जनाउँछौं कि कामरेड टोगलियाटीले यहाँसम्म भन्नुभएको छ – '.... १९६० को प्रस्तावमा (८१ बन्धु पार्टीहरूद्वारा एकमतले स्वीकृत भएको मस्को वक्तव्य – जन दैनिक सम्पादक) यस विषयमा रहेको गल्तीलाई सच्याउँदै हामी तथा अरुहरूले युगोस्लाभियाली कामरेडहरूप्रति जुन स्थिति अपनाएका छन् त्यसलाई यसले यथेष्ट रुपमा ठीक ठहर्‍याउँछ।' हामी सोध्न चाहन्छौं – 'बन्धु पार्टीहरूद्वारा एकमतले स्वीकृत गरिएको मस्को वक्तव्यको कुनै पनि एक अङ्गलाई गलत भनेर घोषणा गर्ने कामरेड टोगलियाटीलाई के अधिकार छ? कुनै गम्भीर अन्तर्राष्ट्रिय सम्झौतालाई इच्छाअनुसार 'सच्याउने' वा च्यातेर फाल्ने उहाँलाई के अधिकार छ? सबै कम्युनिष्ट तथा मजदुर पार्टीहरूद्वारा एकमतले स्वीकृत सम्झौताहरूलाई 'सच्याउन' मा आफूखुशी कुनै एउटा वा धेरै पार्टीहरूले गर्न सक्छन् भने के सबैले पालन गर्नुपर्ने कुनै सिद्धान्तको बारेमा बोल्नु सम्भव होला?' 

कुनै मानिसहरू अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनद्वारा एकमतले स्वीकृत गम्भीर दस्तावेजहरूको तिरस्कार गर्छन्त्र उनीहरू आफ्नै सही छाप परेका दस्तावेजहरूप्रति दृढप्रतिज्ञ रहन अस्वीकारमात्र गर्दैनन् बरु त्यसप्रति दृढप्रतिज्ञ रहने अरुहरूमाथि अनुचित व्यवहार पनि गर्छन्। स्पष्ट रुपमा यो विश्वासघात हो। 

यहाँ हामी यस कुरामा जोड दिन चाहन्छौं कि जो व्यक्तिहरू टिटो गुटसम्बन्धी निर्णयलाई उल्टाउन उत्साहका साथ लागेका छन्, उनीहरूले युगोस्लाभियाली सवालमा मस्को घोषणापत्र तथा मस्को वक्तव्यलाई खण्डित पार्न र त्यसलाई पूरा रुपमा च्यातेर फाल्न कोसिस गरिरहेका छन्। उनीहरूको योजना सफल भएको खण्डमा यसको अर्थ यी वर्षहरूमा सबै कम्युनिष्ट तथा मजदुर पार्टीद्वारा गरिएका युगोस्लाभियाली संशोधनवादका आलोचनाहरू गलत ठहरिन्छन् र विश्वासघाती टिटो गुट ठीक छ, मस्को घोषणापत्र तथा मस्को वक्तव्य गलत ठहरिन्छन् र युगोस्लाभियाली संशोधनवादी कार्यक्रम सही छ, मार्क्सवाद–लेनिनवादका मौलिक सिद्धान्तहरू अप्रचलित भइसकेका छन् र आधुनिक संशोधनवादलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मुख्य खतराको रुपमा मान्ने कुरा त परै रहोस् त्यसको अब उप्रान्त विरोध गर्न सकिंदैन र हामी सबैले टिटो गुटको पदानुशरण गरेर 'कार्ल काट्स्कीको सन्तान उनको छोरा बेनेडिक्टसित शक्ति एकजुट पार्नुपर्छ भनेर भन्नु समान हुनेछ। 

यसो भएको खण्डमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको रणनीति तथा कार्यनीतिको पूरा रुपमा परिवर्तन गर्नुपर्ने हुन्छ र मार्क्सवाद–लेनिनवादको क्रान्तिकारी नीतिको ठाउँमा संशोधनवादको समर्पणवादी नीतिलाई राख्नुपर्ने हुन्छ। यसो भएको खण्डमा सबै देशहरूका कम्युनिष्ट तथा मजदुर पार्टीहरूको बीचमा एकताका कुन समान आधार सम्भव होला? के यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा फूट पैदा गर्न सावधानीपूर्वक गरिएको प्रयत्न होइन? 

आज कम्युनिष्ट तथा मजदुर पार्टीहरूको सामु रहेको जरुरी काम मस्को घोषणापत्र तथा मस्को वक्तव्यको सुरक्षा गर्नु र मस्को घोषणापत्र तथा मस्को वक्तव्यको आधारमा समाजवादी शिविरको तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतालाई बढाउनु तथा बलियो पार्नु हो। हामी मस्को घोषणापत्र तथा मस्को वक्तव्यको आधारमा एकताको दृढ रुपमा समर्थन गर्छाैं र युगोस्लाभियाली संशोधनवादी कार्यक्रमको आधारमा वा अरु कुनै आधारमा हुने 'एकता' को दृढ रुपमा विरोध गर्छाैं। सबै बन्धु पार्टीहरूसित मिलेर चिनियाँ कम्युनिष्ट पार्टीले यस उद्देश्यको लागि अथक रुपमा काम गर्नेछ। 

सर्वहारा वर्गीय लक्ष्य सधैं अन्तर्राष्ट्रिय रहेको छ। यस साझा लक्ष्यमा विजयी बन्नको लागि सबै देशहरूका कम्युनिष्टहरूले एक भएर साझा सङ्घर्ष चलाउनुपर्छ। सर्वहारा अन्तर्राष्ट्रवादको एकता तथा सुदृढ नभइकन क्रान्तिकारी लक्ष्य विजयी बन्न सक्दैन र यसले कुनै देशमा पनि आफ्नो विजयलाई बलियो पार्न सक्दैन। 

एकतालाई बढाउने एकमात्र उपाय 

उक्त किसिमको एकतालाई बढाउने तथा बलियो पार्ने एकमात्र उपाय मस्को घोषणापत्र तथा मस्को वक्तव्यमा स्वीकृत गरिएका बन्धु पार्टी तथा बन्धु देशहरूका सम्बन्धहरूका निर्देशक सिद्धान्तहरूको अवलम्बन गर्नु हो। 

मस्को घोषणापत्र तथा मस्को वक्तव्यमा प्रतिपादित गरिएका बन्धु पार्टी तथा देशहरूका सम्बन्धहरूका निर्देशक सिद्धान्तहरू यी हुन् – मार्क्सवाद–लेनिनवादको आधारमा एकताको सिद्धान्तत्र आपसी समर्थन तथा आपसी सहायताको सिद्धान्तत्र स्वाधीनता तथा समानताको सिद्धान्तत्र सल्लाहद्वारा एकमतमा पुग्ने सिद्धान्त। 

कुनै कम्युनिष्टले बन्धु पार्टी तथा देशहरूका सम्बन्धहरूका निर्देशक सिद्धान्तहरूको हृदयदेखि अवलम्बन गर्छ कि गर्दैन भन्ने कुरा नै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकताको समर्थनमा उसको सत्यता जाँच्ने प्राथमिक कसी हो। 

टिटो गुटको अधिक निकट आउने काम 

कम्युनिष्ट तथा मजदुर पार्टीहरूद्वारा एकमतले स्वीकृत दुई अन्तर्राष्ट्रिय दस्तावेजहरू, मस्को घोषणापत्र तथा मस्को वक्तव्यप्रति सबै बन्धु पार्टीहरू प्रतिज्ञाबद्ध छन्। तिनीहरूलाई अवलम्बन गर्नु उक्त पार्टीहरूको कर्तव्य हुन्छ र ती दस्तावेजहरूमाथि अतिक्रमण गर्ने उनीहरूलाई बिलकुल अधिकार छैन। उनीहरूलाई बदल्ने वा उनीहरूलाई निरर्थक घोषणा गर्नु कुनै पनि एउटा पार्टी वा पार्टीहरूको कुनै समूहलाई अधिकार छैन। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा कुनै एक बन्धु पार्टीको जतिसुकै महत्वपूर्ण स्थान तथा भूमिका भए पनि उक्त पार्टीको प्रस्तावलाई ठीक होस् या बेठीक होस्, त्यही एउटै पार्टीले मात्र मान्न बाध्य हुन्छ। मस्को घोषणापत्र तथा मस्को वक्तव्यमा प्रतिपादित सिद्धान्तहरूअनुसार कुनै एक पार्टीको कार्यक्रम, प्रस्ताव, दिशा वा नीतिलाई अरु बन्धु पार्टीहरूमाथि लाद्नु वा आज एउटा ढङ्गले तथा भोलि अर्कै ढङ्गले कुरा गर्ने कुनै पार्टी नेताका अनुत्तरदायी परस्परविरोधी वक्तव्यहरूलाई राजाको आदेशझैं गरेर अरु बन्धु पार्टीहरूले मान्नुपर्छ भनेर माग गर्नु अनुचित छ। कुनै एक वा एकभन्दा बढी पार्टीहरूले जथाभावी कुनै अर्काे बन्धु पार्टीलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट निकाल्नु अथवा मार्क्सवाद–लेनिनवादप्रति विश्वासघात गर्नेहरूलाई भित्र तान्नु अझ बढी अनुचित छ। 

अन्तर्राष्ट्रिय परिस्थिति जटिल हुनाले तथा यो छिटोसित बदलिरहेकोले र प्रत्येक बन्धु पार्टी भिन्न–भिन्न अवस्थाहरूमा रहेको हुनाले कुनै सवालमा बन्धु पार्टीहरूको बीच भिन्न–भिन्न विचारहरूको उत्पतिलाई मुश्किलले मात्र हटाउन सकिन्छ। मुख्य कुरा के हो भने बन्धु पार्टीहरूको बीचमा एक पटक मतभेदहरू देखापरेपछि उनीहरूले आफूलाई मस्को घोषणापत्र तथा मस्को वक्तव्यमा प्रतिपादित गरिएका बन्धु पार्टीहरूका सम्बन्धहरूका निर्देशक सिद्धान्तहरूमाथि आधारित पार्दै समानताको आधारमा अन्तर पार्टी सल्लाहद्वारा आफ्ना मतभेदहरूलाई हटाएर एकमतमा पुग्नुपर्दछ। कुनै पनि अवस्थामा उनीहरूले बन्धु पार्टीहरूको बीचका मतभेदहरूलाई दुश्मनको सामु खुला रुपमा ल्याउनु हुँदैन, न उनीहरूले अरु बन्धु पार्टीहरूमाथि खुला हमला गर्नको लागि प्रेस तथा अरु प्रचार साधनहरूको उपयोग नै गर्नुहुन्छ र यसको लागि कुनै पार्टीका महाधिवेशनहरूको उपयोग गर्नु त झनै हुँदैन। स्पष्ट छ, आज एउटा बन्धु पार्टीमाथि र भोलि अर्काेमाथि खुला हमलाहरू गरिएमा के अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा कुनै एकताको कुरा होला? 

हमलाहरू बन्द गर्ने इच्छाको कुरा गर्दागर्दै हमलालाई जारी राख्नु कुनै इमानदार कम्युनिष्टले अपनाउन हुने दृष्टिकोण होइन भन्ने हाम्रो मत छ। जर्मनीको समाजवादी पार्टीको हालको महाधिवेशनमा कोरियाली मजदुर पार्टीका प्रतिनिधिमण्डलका नेताले भन्नुभयो – 'यस महाधिवेशनमा जुन बन्धु पार्टीहरूको कुनै अन्तर्राष्ट्रिय सम्मेलन होइन, मतभेदहरूलाई लिएर भएको खुला झगडाको अन्त गरी एकतालाई बलियो पार्ने केही कुरा भएको छ र अझै पनि बन्धु पार्टीहरूको बीचका मतभेदहरूलाई फेरि बढाउने काम गरिएको छ र खास रुपमा चिनियाँ कम्युनिष्ट पार्टीको एकपक्षीय आलोचना भएको छ। हाम्रो यो दृढ मत छ कि यसलाई मैत्रीपूर्ण तथा बन्धुत्वपूर्ण दृष्टिकोणको रुपमा मान्न सकिंदैन र यस्तो दृष्टिकोण जुन एकता तथा मतैक्यताको हामी सबैले माग गरिरहेका छौं त्यसको निम्ति सहायक होइन।' 

एकताको बारेमा हजार वटा फुस्रा कुराहरू गर्नुभन्दा एकतामा मद्दत पुर्‍याउने एउटामात्र राम्रो काम गर्नु बेस छ। पहाडको भिरालोको किनारमा पुग्नाले लगाम खिच्ने समय आइसकेको छ। बिलकुल गर्दै नगर्नुभन्दा दिनमा अबेरै भए पनि गर्नु बेस छ। हाम्रो हार्दिक आशा छ कि पहिलो हमलालाई शुरु गर्ने बन्धु पार्टीले आफ्नो कामलाई आफ्नो कुरासित मिलाउनेछ, पहलकदमी लिनेछ र समानताको आधारमा अन्तरपार्टी सल्लाहको बाटोतिर, मस्को घोषणापत्र तथा मस्को वक्तव्यमा प्रतिपादित गरिएका बन्धु पार्टी तथा देशहरूका सम्बन्धहरूका निर्देशक सिद्धान्तहरूतिर फर्कनेछ। 

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो जिम्मेदारी पूरा गर्नेछ 

चिनियाँ कम्युनिष्ट पार्टी समाजवादी शिविरको तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतालाई बढाउन तथा बलियो पार्न आफूमाथि रहेको कर्तव्यप्रति गम्भीर रुपले सचेत छ। सदा झैं हामीले यस सम्बन्धमा आफ्नो योगदान दिनमा कुनै प्रयत्न बाँकी राख्ने छैनौं। चीनको कम्युनिष्ट पार्टीले सबै देशहरूका कम्युनिष्ट तथा मजदुर पार्टीहरूका प्रतिनिधिहरूको सम्मेलनको आयोजना गर्ने कुरा बारम्बार समर्थन गरेको छ र अझ पनि गर्दछ जुन सम्मेलनमा सबै शान्तपूर्वक बसेर यथेष्ट तथा मैत्रीपूर्ण छलफलद्वारा आफ्ना विचारहरूमा अनुकूलता ल्याउन, आफ्ना मतभेदहरूलाई हटाउन र नयाँ आधारमा आफ्नो एकतालाई बलियो पार्न सकून्। बन्धु पार्टीहरूको सम्मेलनको आयोजनाको निम्ति वातावरणलाई सुधार्न तथा आवश्यक अवस्थाहरूको सिर्जना गर्नको लागि हामी अरु सबै बन्धु पार्टीहरूसँग मिलेर सम्बन्धलाई सुधार्ने तथा एकतालाई बलियो पार्नेतर्फ हरसम्भव कदम उठाउन चाहन्छौं। 

आज संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेका साम्राज्यवादीहरू र सबै प्रतिक्रियावादीहरू हाम्रो युगको धारालाई रोक्न तथा फर्काउन, उत्पीडित राष्ट्र तथा उत्पीडित जनताको मुक्तिलाई रोक्न र समाजवादी शिविरलाई छिन्नभिन्न पार्न उन्मादपूर्ण तथा निरर्थक रुपमा सङ्घर्ष गरिरहेका छन्। आफ्नो मुख्य दुश्मनको तुलनामा हामी कम्युनिष्टहरूले पहिलेभन्दा बढी घनिष्ट रुपमा एक भएर अविचल रुपमा साझा सङ्घर्ष चलाउनुपर्छ। सबै ठाउँका कम्युनिष्टहरू, सबै देशहरूका सर्वहारा वर्ग तथा श्रमिक जनता, तमाम उत्पीडित राष्ट्र तथा उत्पीडित जनता र विश्वशान्तिको सुरक्षा गर्न सङ्घर्षमा लागेका सबैले साम्राज्यवाद तथा विभिन्न देशका प्रतिक्रियावादीहरूको विरुद्ध गरिने सङ्घर्षको निम्ति विश्वका जनताको क्रान्तिकारी सङ्घर्षको निम्ति वा विश्वका सबै कम्युनिष्टहरू तथा क्रान्तिकारी जनताको एकताको निम्ति हानिकारक कुनै पनि कुरा वा कामहरूको अनुमोदन गर्ने छैनन्। 

समाजवादी शिविर तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकता हाम्रो शक्तिको स्रोत हो र संसारका उत्पीडित राष्ट्र तथा उत्पीडित जनताको आशा हो। जति बढी घनिष्ट रुपमा हामी एक हुन्छौँ, विश्वका जनता त्यतिकै बढी मात्रामा उत्साहित तथा प्रेरित हुन्छन्। जति बढी घनिष्ट रुपमा हामी एक हुन्छौं, विजयमा क्रान्तिकारी जनताको विश्वासलाई बलियो पार्ने र साम्राज्यवादी तथा सबै देशहरूका प्रतिक्रियावादीहरूमाथि निर्मम प्रहार गर्ने हाम्रो सामर्थ्य त्यतिकै बढी ठूलो हुन्छ। 

हामीले विश्वका जनताको आशालाई तोड्नु हुँदैन। हामीले दृढ रुपमा एकताको समर्थन र फूटको विरोध गर्नुपर्छ। हामीले वास्तविक एकतालाई ल्याउनु र झूठो एकताको विरोध गर्नुपर्छ। मार्क्सवाद–लेनिनवाद तथा सर्वहारा अन्तर्राष्ट्रवादको आधारमा र मस्को घोषणापत्र तथा मस्को वक्तव्यको आधारमा हामी एक होऔं !