November 17, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

जात्राले जिउँदो बनाएको भक्तपुर

एक महिना अगाडि अर्थात् साउनको चौथो साता गाईजात्रा पर्व सम्पन्न भयो, साउनको चौथो साता नै इन्द्रजात्रा मनाइयो। दुवै पर्व ८ दिन ९ रात मनाइए। 

इन्द्रजात्राको अन्तिम दिन आइतबार पुुुलुकिसी जात्रा मनाइयो, हजारौं मानिसको उपस्थितिमा। भक्तपुर नगरको पुराना वस्तीभर मानिसको घुईंचो थियो। सबभन्दा बढी भीड टौमढी र दत्तात्रयमा देखिन्थ्यो। मान्छेको ठेलमठेल थियो। पाइला सार्न पनि मुस्किल थियो। मानिसको भीडसँगै आर्थिक गतिविधि पनि बढेको देखिन्थ्यो। पसलहरूमा ग्राहकहरू पनि देखिन्थ्यो। 

२०७२ सालको वैशाख महिनामा गएको भूकम्पमा मृत्त सहरजस्तो देखिएको सहरमा मानिसको चहलपहल बढाउन यस्तै पर्वले गरेको भन्दा फरक पर्दैन। 

धन्य छ, जसले यस्ता जात्रा चलाउन सहयोग गरे। आइतबारको जात्राको निम्ति खासगरी लाकुलाछेंका स्थानीयको सक्रियता प्रशंसनीय छ। बढो मेहनतसाथ र बलियो ढङ्गले हात्तीको मोडल बनाइएको थियो। मान्द्रोमा निलो कपडाले छोपिएको, हात्तीको सुँढ मान्द्रोकै बनाइएको। सुँढमा चित्र कोरिएको। सुन्दर कलाले इतिहासको प्रतिविम्व 

दिन्छ। 

ऐरावत हात्ती भनिने देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसी बारेको कथा जे–जस्तो भए पनि यसलाई एउटा सांस्कृतिक महत्त्वको जात्रा मान्न सकिन्छ। मानिसले मनोरञ्जन लिए। मानिस र मानिस बीचको मित्रता, सौहार्दता, विचारको आदानप्रदान गर्ने मेसो भयो। मानिसबीचको एकता प्रदर्शन भयो। 

जात्राको क्रममा पुलुकिसीलाई वंशगोपालमा धान खुवाउने, दरवार स्क्वायर र दत्तात्रयमा आगो तपाउने, सूर्यमढीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन किन गरियो भन्ने विषयमा छलफल गर्नुपर्ने हुन्छ। 

जात्रा शान्तिपूर्ण सम्पन्न भयो, खुसी यसैमा छ। 

–रास, भक्तपुर