September 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको सामान्य सिद्धान्तका विषयमा एक सुझाव

१४ जून १९६३ 

('अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको सामान्य सिद्धान्तका विषयमा एक सुझाव' शीर्षकको आलेखमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको आम नीति कस्तो हुनुपर्छ? त्यस्तो आम नीति निर्धारण गर्न आधारभूत अन्तरविरोधहरू के के हुन्? आधारभूत अन्तरविरोधको निर्क्याेल गर्दा वर्ग आधारलाई कसरी लिने? क्रान्तिका लागि स्थितिको परिपक्वतालाई गुम्न नदिन के गर्नुपर्छ? 'शान्तिपूर्ण सहअस्तित्व' देशहरूबीच सम्बन्ध बढाउन हो या दबाउन र नियन्त्रणमा राख्न? समाजवादमा वर्ग र वर्गसङ्घर्ष हुन्छ कि हुँदैन? 'सम्पूर्ण जनताको राजसत्ता' के सम्भव छ? वर्गीय स्वरुप नभएको पार्टी पनि हुनसक्छ? बन्धु पार्टी र देशहरूबीचका सम्बन्धहरूलाई निर्देशित गर्ने सिद्धान्त कसले उल्लङ्घन गर्‍यो र कसले अवलम्बन गर्‍यो? मार्क्सवादी–लेनिनवादी सत्यलाई नक्कल गर्ने कि आफ्नो देशको व्यवहारसित एकजुट गर्ने? बन्धु पार्टीहरूबीच मतभेद र विवाद उठाउने तर त्यसको जवाफ लुकाउनेहरू सही हुनसक्छ? लगायतका प्रश्न र विषय हिजो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा उठेको थियो। त्यसै सिलसिलामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले मार्च ३०, १९६३ मा सोभियत कम्युनिष्ट पार्टी केन्द्रीय समितिलाई दिएको जवाफ यहाँ प्रकाशित गरिएको छ। – सम्पादक) 

 

सोभियत सङ्घको कम्युनिष्ट पार्टीको केन्द्रीय समिति 

प्रिय कमरेडहरू, 

चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सोभियत सङ्घको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १९६३, मार्च ३० को पत्रको अध्ययन गर्‍यो। 

समाजवादी खेमा र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकताबारे सबै चिनियाँ र सोभियत पार्टी ज्यादै चिन्तित छन् र हाम्रो कुराकानीले मतभेदलाई हटाउन, एकतालाई बलियो बनाउन र सबै कम्युनिष्ट र मजदुरहरू पार्टीहरूका प्रतिनिधिको बैठक बोलाउनको लागि उपयुक्त अवस्था पैदा गर्न मद्दत पुर्‍याउनेछ भन्ने आशा गर्दछन्। 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतालाई कायम राख्नु र बलियो बनाउनु तमाम मुलुकका कम्युनिष्ट तथा मजदुर पार्टीको साझा र पम कर्तव्य हो। सम्पूर्ण समाजवादी खेमा र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकताको निम्ति चिनियाँ र सोभियत पार्टीहरूले अझ गर्‍हौं जिम्मेवारी बहन गर्नु छ र निःसन्देह त्यसै अनुपातमा अझ ठूला प्रयासहरू गर्नुपर्दछ। 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अहिले केही ठूला–ठूला सैद्धान्तिक मतभेदहरू छन्। तर यी मतभेदहरू जतिसुकै गम्भीर भए तापनि हामीले पर्याप्त धैर्य लिनुपर्दछ र तिनीहरूलाई हटाउन बाटाहरू पत्ता लगाउनुपर्दछ जसबाट हामीले आफ्ना शक्तिलाई संयुक्त पार्न र हाम्रो साझा दुश्मनको विरुद्ध सङ्घर्षलाई बलियो बनाउन सक्नेछौं। 

यिनै इमानदारीपूर्ण इच्छाले चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले चिनियाँ र सोभियत पार्टीबीचको आउँदो कुराकानीलाई नियाल्दछ। 

मार्च ३० को आफ्नो पत्रमा सोभियत सङ्घको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले चिनियाँ र सोभियत पार्टीबीचका कुराकानीमा छलफल गर्न आवश्यक सवालहरूमा व्यवस्थित रुपले आफ्नो दृष्टिकोणलाई प्रस्तुत गरेको छ र खास गरेर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको आम दिशाको सवाललाई उठाएको छ। यस पत्रमा हामी पनि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको आम दिशाको सम्बन्धमा र केही सम्बन्धित सैद्धान्तिक सवालहरूको सम्बन्धमा हाम्रो प्रस्तावको रुपमा आफ्नो दृष्टिकोण व्यक्त गर्न चाहन्छौं। 

हामी आशा गर्दछौं कि दृष्टिकोणको यस अभिव्यक्ति हाम्रा दुई पार्टीहरूले एक अर्कोलाई बुझ्नमा र कुराकानीमा सम्पूर्ण तथा एक एक बुँदा गरी छलफल गर्नमा सहयोगी हुनेछ। 

हामी यो पनि आशा गर्दछौं कि यो भाइचारा पार्टीहरूद्वारा हाम्रा दृष्टिकोण बुझ्नमा र भाइचारा पार्टीहरूको अन्तर्राष्ट्रिय बैठकमा विचारहरूको पूर्ण आदानप्रदानमा सहयोगी हुनेछ– 

१) अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको आम नीतिले मजदुर वर्गको ऐतिहासिक कर्तव्यसम्बन्धी मार्क्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्तलाई आफ्नो निर्देशक सिद्धान्तको रुपमा लिनुपर्दछ र यसबाट अलग्गिनु हुँदैन। 

१९५७ र १९६० मा मस्को बैठकहरूले दृष्टिकोणको पूर्ण आदानप्रदानपछि र सल्लाहद्वारा एकमतमा पुग्ने सिद्धान्तअनुसार घोषणापत्र र वक्तव्यलाई क्रमानुसार अपनाएका थिए। ती दुई दस्तावेजहरूले हाम्रो युगको विशेषता र समाजवादी क्रान्ति तथा समाजवादी निर्माणमा साझा नियमहरूलाई दर्शाएका छन् र सबै कम्युनिष्ट तथा मजदुर पार्टीहरूको साझा नीति राखिदिएका छन्। ती अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको साझा कार्यक्रम हुन्। 

के साँचो हो भने धेरै वर्षदेखि १९५७ को घोषणा र १९६० को वक्तव्यको समझदारी र तिनीहरूप्रतिको दृष्टिकोण अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मतभेदहरू देखापरेका छन्। यहाँ केन्द्रीय सवाल छ– घोषणा र वक्तव्यका क्रान्तिकारी सिद्धान्तहरूलाई मान्ने अथवा नमान्ने। क्रान्तिको अन्तिम विश्लेषणमा, यो मार्क्सवाद–लेनिनवादको आम सत्यतालाई मान्ने वा नमान्ने, अक्टोबर क्रान्तिको बाटोमा आम महत्त्वलाई मान्यता दिने अथवा नदिने, साम्राज्यवादी तथा पूँजीवादी व्यवस्थाअन्तर्गत अहिलेसम्म रहिरहेको संसारको जनसङ्ख्याको तीन खण्डको दुई खण्ड जनताले क्रान्ति गर्नुपर्दछ भन्ने तथ्यलाई मान्ने अथवा नमान्ने र समाजवादी बाटोमा लागी नै सकेका संसारको जनसङ्ख्याको एकतिहाइ जनताले आफ्नो क्रान्तिलाई अन्तसम्म बढाएर लानुपर्छ भन्ने तथ्यलाई मान्ने अथवा नमान्ने सवाल हो। 

१९५७ को घोषणा र १९६० को वक्तव्यका क्रान्तिकारी सिद्धान्तहरूलाई दृढतासाथ बचाउनु अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको जरुरी र मुख्य कर्तव्य भइसकेको छ। 

मार्क्सवाद–लेनिनवादका क्रान्तिकारी शिक्षाहरू र अक्टोबर क्रान्तिको आमबाटोलाई कडाइका साथ मानेर जाँदामात्र घोषणा र वक्तव्यका क्रान्तिकारी सिद्धान्तहरूको सही समझदारी पाउन र तिनीहरूप्रतिको सही दृष्टिकोण अपनाउन सम्भव हुनेछ। 

२) घोषणा र वक्तव्यका क्रान्तिकारी सिद्धान्तहरू के के हुन्? तिनीहरूलाई तपसिल बमोजिम छुट्याउन सकिन्छ – 

तमाम मुलुकहरूका मजदुरहरू एक होऔंत्र विश्वका मजदुरहरू, दबाइएका जनता र दबाइएका राष्ट्रहरूसँग एक होऔंत्र साम्राज्यवाद र सबै मुलुकका प्रतिक्रियावादको विरोध गरत्र विश्वशान्ति, राष्ट्रिय मुक्ति, जनताको प्रजातन्त्र र समाजवादको निम्ति प्रयास गरत्र समाजवादी खेमालाई बलियो पार र बढाऊत्र मजदुरहरूको विश्वक्रान्तिलाई एक एक खुड्किलो गरी पूर्ण विजयसम्म लगत्र विना साम्राज्यवाद, विना पूँजीवाद र मानिसद्वारा मानिसमाथि हुने शोषणविनाको नयाँ संसारको स्थापना गर। 

हाम्रो दृष्टिकोणमा यही नै वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको आम नीति हो। 

३) यो आम नीति सम्पूर्ण रुपमा लिइएको वास्तविक विश्व स्थितिबाट र आजको संसारमा रहेको मूलभूत आपसी विरोधहरूको वर्ग विश्लेषणबाट निस्केको हो र अमेरिकी साम्राज्यवादको प्रतिक्रान्तिकारी विश्व रणनीतिको विरुद्ध निर्देशित हुन्छ। 

यो आम नीति एउटा त्यो नीति हो, जसले संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएका साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूको विरोध गर्नलाई समाजवादी खेमा र अन्तर्राष्ट्रिय मजदुर वर्गलाई आफ्नो केन्द्रको रुपमा भएको विस्तृत संयुक्त मोर्चा गठन गर्दछत्र यो निर्भिकतापूर्वक जनतालाई जगमगाउने, क्रान्तिकारी शक्तिहरूलाई बढाउने, तटस्थ शक्तिहरूलाई आफ्नो पक्षमा ल्याउने र प्रतिक्रियावादी शक्तिहरूलाई अलग्याउने नीति हो। 

यो आम नीति सबै मुलुकका जनताद्वारा गरिने दरो क्रान्तिकारी सङ्घर्ष र मजदुर विश्वक्रान्तिलाई अन्तसम्म बढाएर लाने नीति होत्र यो त्यो नीति हो जसले सबभन्दा प्रभावशाली ढङ्गले साम्राज्यवादसँग लड्दछ र विश्वशान्तिलाई रक्षा गर्दछ। 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको यस आम नीतिलाई यदि एकतर्फी रुपले 'शान्तिपूर्ण सहअस्तित्व', 'शान्तिपूर्ण प्रतियोगिता' र 'शान्तिपूर्ण परिवर्तन' सम्म पुर्‍याइन्छ भने यो १९५७ को घोषणा र १९६० को वक्तव्यका क्रान्तिकारी सिद्धान्तहरूको उल्लङ्घन गर्नु र मार्क्सवाद–लेनिनवादका क्रान्तिकारी शिक्षाहरूलाई अलग्गिनु हुन जानेछ। 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको आम नीतिले विश्व इतिहासको विकासको आम नियमलाई प्रतिबन्धित गरेको हुनुपर्दछ। विभिन्न मुलुकहरूमा मजदुर वर्ग र जनताका क्रान्तिकारी सङ्घर्षहरू फरक–फरक अवस्थाहरूबाट गुज्रेका हुन्छन् र तिनीहरू सबै उनीहरूको आफ्नै विशेषताहरू हुन्छन्, तर तिनीहरूले विश्व इतिहासको विकासको आम नियमलाई बाँधेका हुँदैनन्। आम नीतिले सबै मुलुकका मजदुर वर्ग र जनताका क्रान्तिकारी सङ्घर्षहरूको लागि मूल दिशालाई दर्शाउनुपर्दछ। 

आफ्ना विशेष दिशा र नीतिहरू बनाउँदा हरेक मजदुर अथवा कम्युनिष्ट पार्टीको निम्ति मार्क्सवाद–लेनिनवादको आम सत्यतालाई त्यसको आफ्नो मुलुकमा क्रान्ति र निर्माणको ठोस व्यवहारिकतासित मिलाउने सिद्धान्तलाई अपनाइराख्नु सबभन्दा महत्त्वपूर्ण छ। 

४) अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको आम नीतिलाई निर्धारित गर्दा सुरु विन्दु नै सम्पूर्ण रुपमा विश्व राजनीति र आर्थिक व्यवस्थाको वास्तविक विश्व अवस्थाहरूको अर्थात् समकालीन संसारको मूलभूत अन्तरविरोधहरूको ठोस वर्ग विश्लेषण हुनुपर्छ। 

यदि कसैले ठोस वर्ग विश्लेषण गर्दैन, माथि माथिका कुराहरूलाई जथाभावी रुपले लिन्छन् र मनोगत ९क्गदवभअतष्खभ० तथा निराधार निष्कर्षहरू निकाल्दछन् भने त्यसले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको आम नीतिबारे सही निष्कर्षहरूमा पुग्नसक्ने सम्भावना छैन बरु मार्क्सवाद–लेनिनवादको बाटोदेखि बिल्कुलै भिन्नै ठाउँमा अवश्यम्भावी रुपले चिप्लिएर पुग्न जानेछ। 

आजको संसारको मूलभूत अन्तर विरोधहरू के–के हुन्? मार्क्सवादी–लेनिनवादीहरूले अविचलित रुपले भनेका यी हुन् – 

– समाजवादी खेमा र साम्राज्यवादी खेमाबीचको अन्तरविरोध 

– पूँजीवादी मुलुकमा मजदुर वर्ग र पूँजीपति वर्गबीचको अन्तरविरोध 

– दबाइएका राष्ट्रहरू र साम्राज्यवादीबीचको अन्तरविरोध 

– साम्राज्यवादी मुलुकहरू र एकाधिकार पूँजीपति समूहहरूबीचका अन्तरविरोधहरू 

समाजवादी खेमा र साम्राज्यवादी खेमाबीचको अन्तरविरोध दुई मूलभूत रुपले भिन्नाभिन्नै सामाजिक व्यवस्थाहरू समाजवाद र पूँजीवादबीचको अन्तरविरोध हो। निःसन्देह यो धेरै नै तीखो छ। तर मार्क्सवादी–लेनिनवादीहरूले संसारमा रहेका अन्तरविरोधहरूलाई समाजवादी खेमा र साम्राज्यवादी खेमाबीचका अन्तरविरोधहरूकै रुपमा मात्र साधारण रुपले लिनुहुँदैन। 

शक्तिहरूको अन्तर्राष्ट्रिय सन्तुलन बदलिसकेको छ र समाजवादको तथा संसारका तमाम दबाइएका जनता र राष्ट्रहरूको लागि यो स्थिति बढी मात्रामा लाभदायक छ र साम्राज्यवाद तथा सबै मुलुकका प्रतिक्रियावादीहरूको लागि सबभन्दा हानिकारक छ तथा माथि बताइएका अन्तरविरोधहरू बाह्यरुपले अहिले पनि विद्यमान छन्। 

यी अन्तरविरोधहरू र तिनीहरूले पैदा गरेका सङ्घर्षहरू आपसमा सम्बन्धित छन् र एउटाले अर्कोलाई प्रभावित पार्दछ। कसैले पनि यो मूलभूत अन्तरविरोधहरूमध्ये कुनैलाई मेट्न सक्दैन अथवा मनोगत रुपले सबैको लागि एउटा बनाउन सक्दैन।  

के अवश्यम्भावी छ भने यी अन्तरविरोधहरूले जनक्रान्तिहरू पैदा गर्नेछन् जसले तिनीहरूलाई समाधान गर्नसक्नेछन्। 

५) आजको संसारमा रहेको मूलभूत अन्तरविरोधहरूको सवालमा तपसिलका गलत दृष्टिकोणहरूलाई छोडिदिनु पर्दछ। 

क) समाजवादी र साम्राज्यवादी खेमाहरूबीचको अन्तरविरोधको वर्ग आधार ९ऋबिकक ऋयलतभलत० लाई मेटेर पठाउँछ र यस अन्तरविरोधलाई मजदुर वर्गको तानाशाहीअन्तर्गतका राज्यहरू र एकाधिकार पूँजीपति वर्गको तानाशाहीअन्तर्गतका राज्यहरूबीचको अन्तरविरोधको रुपमा नहेर्ने दृष्टिकोण छोड्नु पर्दछ। 

ख) त्यो दृष्टिकोण जसले पूँजीवादी संसारमा मजदुर वर्ग र पूँजीपतिबीचका, दबाइएका राष्ट्रहरू र साम्राज्यवादबीचका, साम्राज्यवादी मुलुकबीचकै र एकाधिकार पूँजीपति समूहबीचका अन्तरविरोधहरूले पैदा गरेका सङ्घर्षहरूलाई बेवास्ता गरेर अथवा कम अनुमान गरेर खालि समाजवादी र साम्राज्यवादी खेमाहरूबीचको अन्तरविरोधलाई मात्र मान्यता दिन्छ। 

ग) पूँजीवादी संसारको सम्बन्धमा हरेक मुलुकमा मजदुर वर्ग र पूँजीपति वर्गबीचको अन्तरविरोधलाई विनामजदुर क्रान्ति नै समाधान गर्न सकिन्छ र दबाइएका राष्ट्रहरू र साम्राज्यवादबीचको अन्तरविरोधलाई दबाइएका राष्ट्रहरूद्वारा क्रान्तिविना नै समाधान गर्न सकिन्छभन्ने दृष्टिकोण छोड्नुपर्दछ। 

घ) त्यो दृष्टिकोण जसले आजको पूँजीवादी संसारमा स्वभावतः रहेको अन्तरविरोधहरूले अवश्यम्भावी रुपले नयाँ स्थिति पैदा गर्नेछन्,जुन स्थितिमा साम्राज्यवादी मुलुकहरू फसेका छन् भन्ने कुरालाई मान्दैन र साम्राज्यवादी मुलुकबीचका अन्तरविरोधहरूलाई 'ठूला–ठूला एकाधिकारीहरूबीचका अन्तर्राष्ट्रिय सम्झौताहरू' द्वारा साम्य अथवा खत्तमै पनि गर्न सकिने छन् भन्ने मान्छन्त्र र 

ङ) समाजवाद र पूँजीवादको दुई विश्व व्यवस्थाहरूबीचको अन्तरविरोध आर्थिक प्रगतिको क्रममा आफै लोप भएर जानेछ, अरु मूलभूत विश्व अन्तरविरोधहरू दुई व्यवस्थाहरूबीचको अन्तरविरोधको सँगसँगै लोप भएर जानेछन् र 'लडाइँहरूविनाको संसार', 'चौतर्फी सहयोगको' नयाँ संसार देखापर्नेछन् भन्ने दृष्टिकोण छोड्नुपर्दछ। 

के छर्लङ्ग छ भने गलत दृष्टिकोणहरूले अवश्यम्भावी रुपले गलत तथा हानिकारक नीतिहरू पैदा गर्नेछन् र यसरी जनता र समाजको निम्ति एक अथवा अर्को प्रकारका बाधाहरू र नोक्सानहरू पुर्‍याउनेछन्। 

६) दोस्रो विश्वयुद्धदेखि साम्राज्यवाद र समाजवादको बीचमा शक्तिहरूको सन्तुलनमा परिवर्तन आइसकेको छ। यस परिवर्तनको मुख्य सूचक के हो भने संसारमा अहिले एउटै ठिङ्गो समाजवादी मुलुक नभई शक्तिशाली समाजवादी खेमा बनाएमा समाजवादी मुलुकको जनसङ्ख्या नै एक अर्ब भइसकेको छ र समाजवादी बाटो लिएको जनताको सङ्ख्या बीस करोड नभई एक सय सत्र करोड छ अथवा संसारको जनताको एकतिहाइ भएको छ। 

समाजवादी खेमा अन्तर्राष्ट्रिय मजदुर र श्रमजीवी जनताका सङ्घर्षहरूको परिणाम हो। यो अन्तर्राष्ट्रिय मजदुर वर्ग र श्रमजीवी जनताको तथा समाजवादी मुलुकहरूका जनताको हो। 

समाजवादी खेमाका मुलुकहरूका जनता र अन्तर्राष्ट्रिय मजदुर वर्ग तथा श्रमजीवी जनताका प्रमुख मागहरू के हुन् भने समाजवादी खेमाका सबै कम्युनिष्टहरू र मजदुर पार्टीहरूले  

– मार्क्सवादी–लेनिनवादी नीतिलाई अंगालिराख्नुपर्छ र सही मार्क्सवादी–लेनिनवादी घरेलु र वैदेशिक नीतिहरू चलाउनुपर्छ, 

– मजदुर वर्गको तानाशाही र मजदुर वर्गद्वारा नेतृत्व गरिएको मजदुर किसान एकतालाई बलियो पार्दै समाजवादी क्रान्तिलाई आर्थिक, राजनैतिक र सैद्धान्तिक मोर्चाहरूमा अन्तसम्म बढाएर लैजानुपर्छ, 

– विशाल जनताको अगुवाइ र सृजनात्मकतालाई माथि उठाई योजनाबद्ध तरीकाले समाजवादी निर्माणलाई कार्यान्वित गर्दै उत्पादन बढाई जनताको जीविकालाई सुधार र राष्ट्रिय सुरक्षालाई बलियो पार्नुपर्दछ, 

– मार्क्सवाद–लेनिनवादको आधारमा समाजवादी खेमाको एकतालाई बलियो पार्दै मजदुर अन्तर्राष्ट्रिवादको आधारमा अरु समाजवादी मुलुकहरूलाई सहयोग गर्नुपर्दछ, 

– साम्राज्यवादी हमलाबर नीतिहरू र लडाइँको विरोध गर्दै विश्वशान्तिलाई रक्षा गर्नुपर्दछ, 

– सबै मुलुकका प्रतिक्रियावादीहरूको कम्युनिष्टविरोधी, जनविरोधी र प्रतिक्रान्तिकारी नीतिहरूको विरोध गर्नुपर्दछ, 

– संसारका दबाइएका वर्गहरू र राष्ट्रहरूका क्रान्तिकारी सङ्घर्षहरूलाई मद्दत गर्नुपर्दछ। 

समाजवादी खेमाका सबै कम्युनिष्ट र मजदुर पार्टीहरू यी मागहरू पूरा गर्नलाई उनीहरूका आफ्ना जनता र अन्तर्राष्ट्रिय मजदुर वर्ग र श्रमजीवी जनताप्रति ऋणी नै छन्। 

 

यी मागहरू पूरा गरेर समाजवादी खेमाले मानव इतिहासको बाटोमा निर्णयात्मक प्रभाव पार्नेछ। 

ठीक यसै कारणले गर्दा साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूले निरन्तर रुपले समाजवादी खेमाका मुलुकहरूमा घरेलु र वैदेशिक नीतिहरूमा प्रभाव पार्न, खेमालाई कमजोर पार्न र समाजवादी मुलुकहरूको एकता खास गरेर चीन र सोभियत सङ्घको एकतालाई फुटाउनलाई एक हजार एक तरीकाले कोसिस गर्दछन्। तिनीहरू निरन्तर रुपले समाजवादी मुलुकहरूभित्र घुस्ने र तिनीहरूलाई पल्टाउने कोसिस गर्दछन् र समाजवादी खेमालाई नै नष्ट भ्रष्ट पार्ने बौलाही आसा पनि लिन्छन्। 

समाजवादी खेमाप्रति सही रुप के हो भन्ने सवाल तमाम कम्युनिष्ट र मजदुर पार्टीहरूको सामुको एउटा सबभन्दा महत्त्वपूर्ण सैद्धान्तिक सवाल हो। 

अहिले नयाँ ऐतिहासिक अवस्थाहरूमा कम्युनिष्ट र मजदुर पार्टीहरूले मजदुर अन्तर्राष्ट्रवादी एकता र सङ्घर्षको कार्य चलाइरहेका छन्। एउटैमात्र समाजवादी मुलुक रहँदा त्यस मुलुकले दृढतापूर्वक सही मार्क्सवादी–लेनिनवादी दिशा र नीतिहरू लिएको हुँदा तमाम साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूद्वारा हुने दुश्मनीको सामना गर्नुपरेको थियो, त्यसबेला हरेक कम्युनिष्ट पार्टीको लागि मजदुर अन्तर्राष्ट्रवादको मुख्य कर्तव्य नै उसले एकमात्र समाजवादी मुलुकलाई दृढतासाथ रक्षा गर्ने हो अथवा नगर्नेहो भन्ने थियो। अहिले अल्वानिया, बुल्गेरिया, चीन, क्युवा, चेकोस्लोभाकिया, जर्मन प्रजातान्त्रिक गणतन्त्र, हङ्गेरी, कोरियाली प्रजातान्त्रिक जनगणतन्त्र, मङ्गोलिया, पोल्याण्ड, रुमानिया, सोभियत सङ्घ र भियतनामी प्रजातान्त्रिक गणतन्त्र गरी तेर्‍ह मुलुकहरूको समाजवादी खेमा छ। यी अवस्थाहरूमा हरेक कम्युनिष्ट पार्टीको लागि मजदुर अन्तर्राष्ट्रवादको मुख्य कर्तव्य भनेकै उसले सम्पूर्ण समाजवादी खेमालाई दृढतासाथ रक्षा गर्नु हो अथवा होइन, त्यस खेमाका सबै मुलुकहरूको एकतालाई मार्क्सवाद–लेनिनवादको आधारमा रक्षा गर्छ अथवा गर्दैन र समाजवादी मुलुकहरूले चलाउनुपर्ने मार्क्सवादी–लेनिनवादी दिशा र नीतिलाई रक्षा गर्छ अथवा गर्दैन भन्ने हुन आउँदछ। 

यदि कसैले मार्क्सवादी–लेनिनवादी दिशा र नीतिहरू लिंदैनन् भने, समाजवादी खेमाको एकतालाई रक्षा नगरी अझ उल्टै तनाव र फूटहरू पैदा गर्दछ भने अथवा युगोस्लाभ संशोधनवादीहरूका नीतिहरू पनि अपनाउँदछ भने समाजवादी खेमालाई विघटन गर्ने कोसिस गर्दछ भने अथवा भाइचारा समाजवादी मुलुकहरूमाथि हमला गर्नलाई पूँजीवादी मुलुकहरूलाई मद्दत गर्छ भने तब त उसले सम्पूर्ण अन्तर्राष्ट्रिय मजदुर वर्ग र संसारका जनताका हितहरूलाई नै धोखा दिइरहेको हुन्छ। 

यदि कसैले अरुहरूको पछि पछि लागेर समाजवादी मुलुकहरूले चलाउनुपर्ने सही मार्क्सवादी–लेनिनवादी दिशा र नीतिहरूलाई माथि उठाउनुको सट्टा कुनै एक समाजवादी मुलुकद्वारा चलाइएको गलत अवसरवादी दिशा र नीतिलाई रक्षा गर्दछ भने, एकताको नीतिलाई माथि उठाउनुको सट्टा फूटको नीतिलाई रक्षा गर्दछ भने, तब त्यो मार्क्सवाद–लेनिनवाद र मजदुर अन्तर्राष्ट्रयवादबाट अलग्गिंदै गएको हुन्छ। 

७) दोस्रो महायुद्धपछिको स्थितिबाट लाभ उठाएर अमेरिकी साम्राज्यवादले जर्मन, इटाली र जापानी फासिस्टहरूको ठाउँ लियो र पहिले कहिल्यै थाहा नभएको जस्तो विशाल विश्व साम्राज्य खडा गर्ने कोसिस गरिरहेको छ। अमेरिकी साम्राज्यवादको राजनैतिक उद्देश्यहरू संयुक्त राज्य (अमेरिका) र समाजवादी खेमाको बीचमा पर्ने भू–भागलाई हडप्ने र दबाउने, दबाइएका जनता र राष्ट्रका क्रान्तिहरूलाई दबाउने, समाजवादी मुलुकहरूलाई नाश गर्न बढ्ने र यसरी आफ्नै मित्रहरूलगायत संसारका सबै जनता र मुलुकहरूलाई अमेरिकी एकाधिकार पूँजीले थिचोमिचो गर्ने र दास बनाउने भएको छ। 

दोस्रो विश्वयुद्धदेखि नै अमेरिकी साम्राज्यवादीहरूले सोभियत सङ्घ र समाजवादी खेमाको विरुद्ध लडाइँको निम्ति प्रचार गरिरहेका छन्। यो प्रचारका दुई स्वरुपहरू छन्। अमेरिकी साम्राज्यवादीहरू यस्तो लडाइँको लागि वास्तविकरुपले तयारी गरिरहेको बेला तिनीहरूले यस प्रचारलाई अमेरिकी जनतामाथिको तिनीहरूको दमनको निम्ति र बाँकी पूँजीवादी संसारका विरुद्ध तिनीहरूको हमलाको विस्तारको निम्ति छलको पनि प्रयोग गर्दैछन्। 

१९६० को वक्तव्यले देखाउँछ 

– 'अमेरिकी साम्राज्यवाद सबभन्दा ठूलो अन्तर्राष्ट्रिय शोषक भइसकेको छ।' 

– 'संयुक्त राज्य अमेरिका आज उपनिवेशवादको गढ हो।' 

– 'अमेरिकी साम्राज्यवाद हमला र लडाइँको मुख्य शक्ति हो।' 

– 'हालसालका अन्तर्राष्ट्रिय गतिविधिहरूले अमेरिकी साम्राज्यवाद विश्व प्रतिक्रियाको प्रमुख किल्ला र अन्तर्राष्ट्रिय 'पुलिस' ९न्भलमबच्कभ० हो, यो सम्पूर्ण विश्वकै जनताको दुश्मन बनिसकेको छ भन्ने तथ्यका धेरै नयाँ प्रमाणहरू प्रस्तुत गरिसकेका छन्।' 

अमेरिकी साम्राज्यवादले संसारभरि नै हमला र लडाइँका आफ्ना नीतिहरू बढाइरहेका छन्, तर परिणाम त त्यो खोजिएको कुरोको उल्टो नै हुनेछ, यी त सबै मुलुकका जनताको जागृतिलाई छिटछिटो ल्याउने र उनीहरूको क्रान्तिलाई छिट्टै गराउने मात्र हुनेछ। 

अमेरिकी साम्राज्यवादीहरूले यसरी आफूलाई सम्पूर्ण विश्वकै जनताको विरोधमा राखेका छन् र उनीहरूद्वारा घेरिइसकेका छन्। अन्तर्राष्ट्रिय मजदुर वर्गले संयुक्त गराउन सकिने सबै शक्तिहरूलाई संयुक्त गर्नुपर्छ, दुश्मन खेमाभित्रका भित्री अन्तरविरोधहरूलाई उपयोग गर्नुपर्छ र अमेरिकी साम्राज्यवादीहरू र तिनीहरूका दलालहरूविरुद्ध सबभन्दा विशाल संयुक्त मोर्चाको स्थापना गर्नुपर्छ। 

वास्तविक र सही बाटो त जनता र मानव जातिको भाग्यलाई विश्व मजदुर वर्गको एकता र सङ्घर्ष र सबै मुलुकहरूका जनताको एकता र सङ्घर्षमा विश्वास गर्नुपर्दछ।  

त्यसको विपरीत दुश्मनहरू र मित्रहरूकै बीचमा भेद नगर्नु र जनता तथा मानव जातिको भाग्यलाई अमेरिकी साम्राज्यवादसितको साठगाँठमा विश्वास गरेर छोडिदिनु जनतालाई गलत बाटोतिर लैजानु हो। बितेका केही वर्षहरूका घटनाहरूले यस भ्रमलाई विस्फोट गरिसकेका छन्। 

८) आजको संसारका विभिन्न प्रकारका अन्तरविरोधहरू एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विशाल इलाकाहरूमा केन्द्रित छन्, यिनीहरू हुन्– साम्राज्यवादी शासनमुनिका सबभन्दा कमजोर इलाका र साम्राज्यवादीमाथि प्रत्यक्ष प्रहार गरिरहेको विश्वक्रान्तिका आँधीबेहरी केन्द्रहरू। 

यी इलाकाहरूको राष्ट्रिय प्रजातान्त्रिक क्रान्तिकारी आन्दोलन र अन्तर्राष्ट्रिय समाजवादी क्रान्तिकारी आन्दोलन हाम्रो समयका दुई महान् ऐतिहासिक धारहरू हुन्। 

यी इलाकाहरूको राष्ट्रिय प्रजातान्त्रिक आन्दोलन आजको मजदुर विश्वक्रान्तिको एउटा महत्त्वपूर्ण अङ्ग हो। 

एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनतामा साम्राज्यवादविरोधी क्रान्तिकारी सङ्घर्षहरूले साम्राज्यवाद र पुरानो र नयाँ उपनिवेशवादको शासनका जगहरूलाई चकनाचूर र कमजोर पार्दैछन् र यिनीहरू अहिले विश्वशान्तिको रक्षाको एउटा शक्तिशाली शक्ति हुन्। 

त्यसकारण एक अर्थमा त अन्तर्राष्ट्रिय मजदुर क्रान्तिको सम्पूर्ण सवाल नै यी इलाकाहरूमा जनताको, जो संसारको जनसङ्ख्याको अत्यन्त बहुसङ्ख्यक छ, क्रान्तिकारी सङ्घर्षहरूको परिणाममा भरपर्दछ। 

त्यसकारण एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका जनताको साम्राज्यवादविरोधी क्रान्तिकारी सङ्घर्ष पक्कै प्रादेशिक महत्त्वको कुरामात्र नभई मजदुर विश्वक्रान्तिकै सम्पूर्ण सवालकै पूरा महत्त्वको विषय हो। 

कुनै कुनै व्यक्तिहरू अहिले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको साम्राज्यवादविरोधी क्रान्तिकारी सङ्घर्षहरूको महान् अन्तर्राष्ट्रिय महत्त्वलाई नै अस्वीकार गर्छन् र जातीयता, रङ्ग र भौगोलिक स्थानीयताको बन्धनलाई तोड्ने बहानामा दबाइएका र दबाउने राष्ट्रहरूबीच र दबाउने र दबाइएका मुलुकहरूको बीचको सीमा रेखालाई मेटेर पठाउने र यी इलाकाहरूमा जनताका क्रान्तिकारी सङ्घर्षहरूलाई उठ्न नदिन सकेसम्म कोसिस गरिरहेका छन्। वास्तवमा उनीहरूले साम्राज्यवादका आवश्यकताहरूको पूर्ति गर्दछन् र यी इलाकाहरूमा साम्राज्यवादको शासनलाई र नयाँ र पुरानो उपनिवेशवाद र त्यसका नीतिहरूको प्रगतिलाई ठीक ठहर्‍याउनलाई नयाँ 'सिद्धान्त' सृष्टि गर्दछन्। वास्तवमा यो 'सिद्धान्त' ले जातीयता, रङ्ग र भौगोलिक स्थानीयताका बन्धनहरूलाई तोड्न खोजेको होइन, बरु दबाइएका राष्ट्रहरूमाथिको 'उच्च राष्ट्रहरू' को शासनलाई कायम राख्न खोजेको हो। यो छकाउने 'सिद्धान्त' लाई ती इलाकाका जनताद्वारा अस्वीकार गरिनु स्वाभाविकमात्र हो। 

हरेक साम्राज्यवादी मुलुक र हरेक पूँजीवादी मुलुकको मजदुर वर्गले 'सबै मुलुकका मजदुरहरू एक होऔं !' र 'संसारका मजदुरहरू र दबाइएका राष्ट्रहरू एक होऔं !' भन्ने लडाकू नाराहरूलाई साँच्चिकै कार्यान्वित गर्नुपर्दछत्र यसले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका जनताको क्रान्तिकारी अनुभवलाई अध्ययन गर्नुपर्दछ र उनीहरूको क्रान्तिकारी कार्यहरूलाई दृढतापूर्वक समर्थन गर्नुपर्दछ र उनीहरूको मुक्तिको सवाललाई आफ्नै निम्ति सबभन्दा भरपर्दाे समर्थनको रुपमा र यसको आफ्नै हितहरूको प्रत्यक्ष अनुकूलको रुपमा ठान्नुपर्दछ। यहीमात्र जातीयता, रङ्ग र भौगोलिक स्थानीयताका बन्धनहरूलाई तोड्ने प्रभावकारी बाटो र यहीमात्र साँच्चैको मजदुर अन्तर्राष्ट्रवाद हो। 

युरोपेली र अमेरिकी पूँजीवादी मुलुकहरूको मजदुर वर्गको लागि यसले दबाइएका राष्ट्रहरूसित संयुक्त नगरिकन र ती राष्ट्रहरू मुक्त नभइकन आफूलाई मुक्त गर्नु असम्भव छ। लेनिनले ठिक्कै भन्नुभएको थियो– विकसित मुलुकहरूको क्रान्तिकारी आन्दोलन वास्तवमा कोरा भ्रमैमात्र हुन जानेछ, यदि पूँजीको विरुद्ध आफ्नो सङ्घर्षमा युरोप र अमेरिकाका मजदुरहरू पूँजीद्वारा दबाइएका करोडौं करोड 'औपनिवेशिक' दासहरूसित घनिष्ट रुपले र पूर्णरुपले संयुक्त भएका रहेछन् भने। (लेनिन, 'कम्युनिष्ट अन्तर्राष्ट्र सङ्घको दोस्रो महाअधिवेशन', छानिएका कृतिहरू, विदेशी भाषा प्रकाशन गृह, मस्को १९५२, भाग २ खण्ड, पृष्ठ ४७२–७३।) 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा केही व्यक्तिहरू हिजो आज मुक्तिको निम्ति दबाइएका राष्ट्रहरूका सङ्घर्षहरूप्रति निष्कृय अथवा घृणापूर्ण अथवा नकारात्मक प्रवृत्ति राख्छन्। तिनीहरूले वास्तवमा मजदुर वर्गका हितहरूलाई धोखा दिंदै छन् र सामाजिक प्रजातन्त्रवादीहरू ९क्यअष्ब िम्झयअचबतक० जस्तै पतन भएर खस्दै एकाधिकार पूँजीका स्वार्थहरूको रक्षा गर्दैछन्। 

एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरूमा जनताका क्रान्तिकारी सङ्घर्षहरूप्रति अपनाइएको प्रवृत्ति क्रान्ति नचाहनेहरूबाट क्रान्ति चाहनेहरूलाई छुट्याउने र हमला तथा लडाइँका शक्तिहरूलाई धाप दिइरहनेहरूबाट साँच्चै विश्वशान्तिको रक्षा गरिरहनेहरूलाई छुट्याउने एउटा महत्त्वपूर्ण कसी हो। 

९) दबाइएका राष्ट्रहरू र एसिया र ल्याटिन अमेरिकाका जनतासामु साम्राज्यवाद र त्यसका दलालहरूसित लड्ने जरुरी कार्य हो। 

यी इलाकाहरूका मजदुर पार्टीहरूलाई इतिहासले साम्राज्यवादको विरुद्ध, पुरानो र नयाँ उपनिवेशवादको विरुद्ध र राष्ट्रिय स्वतन्त्रता र जनताको प्रजातन्त्रको लागि सङ्घर्षको झण्डालाई माथि उठाउने, राष्ट्रिय प्रजातान्त्रिक आन्दोलनको अगाडि उभिरहने र समाजवादी भविष्यको लागि कोसिस गरिरहने उज्ज्वल जिम्मेदारी विश्वाससाथ सुम्पेको छ। 

यी इलाकाहरूमा जनसङ्ख्याको अत्यन्तै ठूलो भागले साम्राज्यवादका दासहरू हुन अस्वीकार गरेका छन्। तिनीहरूमा मजदुरहरू, किसानहरू, बुद्धिजीवीहरू र निम्न पूँजीपतिहरूमात्र छैनन् देशभक्त राष्ट्रिय पूँजीपतिहरू र कुनै राजाहरू, राजकुमार तथा धनी सामन्तहरू पनि जो देशभक्त छन्, समावेश भएका छन्। 

मजदुर वर्ग र यसको पार्टी जनताको बलमा विश्वास गर्नुपर्दछ र त्यसमा किसानलाई संयुक्त गर्नुपर्दछ र दरिलो मजदुर–किसान एकताको स्थापना गर्नुपर्दछ। मजदुर वर्गका विकसित सदस्यहरूको निम्ति गाउँ इलाकाहरूमा काम गर्नु, किसानहरूलाई सङ्गठित हुन मद्दत गर्नु र उनीहरूको वर्ग चेतनालाई र उनीहरूको राष्ट्रिय स्वार्थ र आत्मविश्वासलाई माथि उठाउनु प्राथमिक महत्वको कुरा हो। 

मजदुर–किसान एकताको आधारमा मजदुर वर्ग र त्यसको पार्टीले संयुक्त गर्न सकिने तमाम स्तरलाई संयुक्त गर्नुपर्छ र साम्राज्यवाद तथा यसका दलालहरूको विरुद्ध विशाल संयुक्त मोर्चा गठन गर्नुपर्छ। यस संयुक्त मोर्चालाई बलियो पार्न र विस्तार गर्नको लागि मजदुर पार्टीले आफ्नो सैद्धान्तिक,