January 23, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

ग्यास बुलेटबारे किन कुरो उठेन?

नेपाललाई चाहिएको थियो आफ्नै ग्यास बुलेट तर, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मुख्य विषय बन्यो भारतले चाहेजसरी नेपालको संविधान संशोधन।   

प्रधानमन्त्री स्तरमै सहमति हुनु पर्ने अन्यथा नेपाली बुलेट छोड्न नसकिने भारतीय अडानमाथि प्रधानमन्त्री देउवाको भारत भ्रमणमा कुनै कुरा भएन। तर, देउवाले भारत भ्रमणमा नेपालको संसदले अस्वीकार गरेको संविधान संशोधन भने आगामी चुनावमार्फत कांग्रेस, माओवादीलगायत दलले दुईतिहाई सिट ल्याएर गरिछाड्ने बचन दिनुभएको छ। 

नितान्त नेपालको मात्रै सरोकार रहेको संविधान संशोधन भारतले भनेजसरी गरिछाड्ने सार्वजनिक वाचा गर्नुभएका प्रधानमन्त्री देउवाले नेपालका लागि गर्नै पर्ने ग्यास बुलेटको विषयमा भने किन भारतीय पक्षसँग कुरा गर्नु भएन? यो भने रहस्यको विषय छ। 

–प्रवेशमान, काठमाडौं