September 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको सामान्य सिद्धान्तका विषयमा एक सुझाव

१४ जून १९६३ 

('अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको सामान्य सिद्धान्तका विषयमा एक सुझाव' शीर्षकको आलेखमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको आम नीति कस्तो हुनुपर्छ? त्यस्तो आम नीति निर्धारण गर्न आधारभूत अन्तरविरोधहरू के के हुन्? आधारभूत अन्तरविरोधको निर्क्याेल गर्दा वर्ग आधारलाई कसरी लिने? क्रान्तिका लागि स्थितिको परिपक्वतालाई गुम्न नदिन के गर्नुपर्छ? 'शान्तिपूर्ण सहअस्तित्व' देशहरूबीच सम्बन्ध बढाउन हो या दबाउन र नियन्त्रणमा राख्न? समाजवादमा वर्ग र वर्गसङ्घर्ष हुन्छ कि हुँदैन? 'सम्पूर्ण जनताको राजसत्ता' के सम्भव छ? वर्गीय स्वरुप नभएको पार्टी पनि हुनसक्छ? बन्धु पार्टी र देशहरूबीचका सम्बन्धहरूलाई निर्देशित गर्ने सिद्धान्त कसले उल्लङ्घन गर्‍यो र कसले अवलम्बन गर्‍यो? मार्क्सवादी–लेनिनवादी सत्यलाई नक्कल गर्ने कि आफ्नो देशको व्यवहारसित एकजुट गर्ने? बन्धु पार्टीहरूबीच मतभेद र विवाद उठाउने तर त्यसको जवाफ लुकाउनेहरू सही हुनसक्छ? लगायतका प्रश्न र विषय हिजो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा उठेको थियो। त्यसै सिलसिलामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले मार्च ३०, १९६३ मा सोभियत कम्युनिष्ट पार्टी केन्द्रीय समितिलाई दिएको जवाफ यहाँ प्रकाशित गरिएको छ। – सम्पादक) 

 

सामाजिक प्रजातन्त्र पूँजीवादी सैद्धान्तिक धार हो। 

लेनिनले धेरै समय अघि नै दर्शाउनुभएको थियोकि सामाजिक प्रजातान्त्रिक पार्टीहरू पूँजीपति वर्गका राजनैतिक डफ्फाहरू, मजदुर वर्गको आन्दोलनमा यसका दलालहरू यसको प्रमुख सामाजिक समर्थक हुन्। कम्युनिष्टहरूले जहिले पनि आफू सामाजिक प्रजातान्त्रिक पार्टीहरू बीचमा मजदुर क्रान्ति र मजदुर वर्गको तानाशाही मूलभूत सवालमा स्पष्ट सीमा रेखा खिच्नुपर्दछ र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा र श्रमजीवी जनताको बीचमा सामाजिक प्रजातन्त्रको सैद्धान्तिक प्रभावलाई खतम गर्नुपर्छ। पक्कै पनि कम्युनिष्टहरूले सामाजिक प्रजातान्त्रिक पार्टीहरूको प्रभावमा रहेका जनतालाई आफ्नो पक्षमा ल्याउनुपर्छ र छुटिएकाहरूलाई र देशीय एकाधिकार पूँजी र विदेशी साम्राज्यवादको दमनलाई विरोध गर्ने सामाजिक प्रजातान्त्रिक पार्टीहरूका मध्यम तत्वहरूलाई आफ्नो पक्षमा ल्याउनुपर्छ र मजदुर आन्दोलनको दैनिक सङ्घर्षमा र विश्वशान्तिलाई रक्षा गर्ने सङ्घर्षमा विस्तृत संयुक्त सङ्घर्षमा उनीहरूसँग संयुक्त गर्नुपर्छ। 

मजदुर वर्ग र श्रमजीवी वर्गलाई क्रान्तिमा नेतृत्व दिन मार्क्सवादी–लेनिनवादी पार्टीहरूले सङ्घर्षका सबै रुपहरूमा पोख्त पार्नुपर्दछ र जसरी सङ्घर्षका अवस्थाहरू फेरिन्छन्, छिट्टै एउटा रुपको ठाउँमा अर्काे रुप दिन समर्थ हुनुपर्दछ। यदि यसले सङ्घर्षका सबै रुपहरूमा शान्तिपूर्ण र सशस्त्र, खुला र गुप्त, कानुनी र गैरकानुनी, संसदीय सङ्घर्ष र जनसङ्घर्ष आदि पोख्त गर्दछ भनेमात्र मजदुर वर्गको अघिल्लो डफ्फा ९ख्बलनगबचम० सबै अवस्थाहरूमा अजेय रहनेछ। संसदीय र सङ्घर्षका अरु कानुनी रुपहरूलाई उपयोग गर्न सकिने र गर्नुपर्ने बेलामा उपयोग गर्न अस्वीकार गर्नु गल्ती हो। तैपनि यदि मार्क्सवादी–लेनिनवादी पार्टी पूँजीपति वर्गद्वारा छोडिएको परिधिभित्र सङ्घर्षलाई बन्द गरेर कानुनबाट अथवा संसदीय मूढवाद ९एबचष्बि्कभलतबचथ अचभतष्लष्क्क० मा खस्दछ भने यसले अवश्यमेव मजदुर क्रान्ति र मजदुर वर्गको अधिनायकत्व परित्याग गर्नेतिर लानेछ। 

११) पूँजीवाद समाजवादमा परिवर्तनको सवालमा, मजदुर पार्टी वर्ग सङ्घर्ष र क्रान्तिको अडान ९क्तबलम० मा रहनुपर्छ र आफूलाई मजदुर क्रान्ति र मजदुर वर्गको अधिनायकत्वसम्बन्धी मार्क्सवादी–लेनिनवादी शिक्षाहरूमा आधारित गर्नुपर्छ। 

कम्युनिष्टहरू जहिले पनि शान्तिपूर्ण तरिकाद्वारा नै समाजवादी परिवर्तन ९त्चबलकष्तष्यल तय क्यअष्बष्कि्क० ल्याउन रुचाउँछन्। तर के अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको लागि शान्तिपूर्ण परिवर्तनलाई नयाँ विश्वव्यापी राजनैतिक सिद्धान्त बनाउन सकिन्छ? बिलकुलै सकिंदैन। 

मार्क्सवाद–लेनिनवाद अडिग रुपले के भन्दछ भने सबै क्रान्तिहरूको मूलभूत सवाल राज्य शक्तिको सवाल हो। १९५७ को घोषणा र १९६० को वक्तव्य दुवैले स्पष्ट रुपले देखाउँछन्, 'लेनिनवाद सिकाउँदछ र अनुभवले सावित गर्दछ कि शासक वर्गहरूले स्वेच्छाबाट शक्तिहरूलाई कहिले पनि परित्याग गर्दैनन्। पुरानो सरकार सङ्कटकै बेलामा पनि धक्का दिइँदैन भने कहिल्यै ढलमलिएर लड्दैन। यो वर्ग सङ्घर्षको व्यापक नियम हो।' 

खास खास ऐतिहासिक महत्त्वहरूमा, मार्क्स र लेनिनले क्रान्ति शान्तिपूर्ण ढङ्गले विकसित हुनसक्दछ भन्ने सम्भावना देखाउनुभएको थियो। तर लेनिनले दर्शाउनुभए जस्तै क्रान्तिको शान्तिपूर्ण विकास 'क्रान्तिहरूको इतिहासमा भेटिने एउटा धेरै नै बिरलैको' अवसर हो। 

वास्तवमा पूँजीवादबाट समाजवादमा आएको शान्तिपूर्ण परिवर्तनको कुनै ऐतिहासिक पूर्व घटना छैन। 

कुनै कुनै व्यक्तिहरू भन्छन् कि समाजवादले अवश्यमेव पूँजीको स्थान लिनेछ, जब मार्क्सले भविष्यवाणी गर्नुभएको थियो, त्यसबेला कुनै पूर्व घटना थिएन। तब पूर्व घटना नभए तापनि पूँजीवादबाट समाजवादमा शान्तिपूर्ण परिवर्तन हुन्छ भनेर हामी किन भविष्यवाणी गर्नसक्दैनौं? 

यो समानान्तर हास्यपूर्ण छ। द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादलाई साधन बनाएर मार्क्सले पूँजीवादको अन्तरविरोधहरूलाई विश्लेषण गर्नुभएको थियो र मानव समाजका विकासका बाह्य ९इदवभअतष्खभक० नियमहरू पत्ता लगाउनुभएको थियो र वैज्ञानिक निष्कर्षमा पुग्नुभएको थियो, जब कि 'शान्तिपूर्ण परिवर्तन' मा सबै आफ्ना आशाहरू टाँस्ने महापण्डितहरू ९एचयउजभतक० ऐतिहासिक आदर्शवादबाट अघि बढ्छन्, पूँजीवादका सबभन्दा मूलभूत अन्तरविरोधहरूलाई बेवास्ता गर्दछन्, वर्ग सङ्घर्ष बारेको मार्क्सवादी–लेनिनवादी शिक्षाहरूलाई तिलाञ्जली दिन्छन् र मनोगत ९क्गदवभअतष्खभ० र निराधार निष्कर्षमा आइपुग्दछन्। मार्क्सवादलाई तिलाञ्जली दिने मानिसहरूले कसरी मार्क्सवादबाट मद्दत पाउन सक्दछन्? 

हरेकलाई के स्पष्ट छ भने पूँजीवादी मुलुकहरूले आफ्नो राज्ययन्त्र विशेष गरेर उनीहरूको सैनिक साधन बलियो बनाउँदैछन्, जसको प्राथमिक उद्देश्य उनीहरूको आ–आफ्ना मुलुकहरूका जनतालाई दबाउनु हो। साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूले शान्तिपूर्ण परिवर्तनलाई स्वीकार गर्नेछन् भन्ने धारणामा मजदुर पार्टीले कहिल्यै पनि क्रान्तिको निम्ति आफ्नो विचार, आफ्ना नीतिहरू र आफ्नो सम्पूर्ण कामलाई आधारित गर्नुहुँदैन। 

मजदुर पार्टीले दुइवटै परिवर्तनहरूको लागि आफूलाई तयार राख्नुपर्छ – क्रान्तिको शान्तिपूर्ण विकासको निम्ति तयारी गर्दा यसले गैरशान्तिपूर्ण विकासको लागि पनि पूर्ण रुपले तयार गर्नुपर्दछ। यसले क्रान्तिकारी बल बटुल्ने कठिन काममा केन्द्रित गर्नुपर्दछ किनभने यो क्रान्तिको लागि अवस्थाहरू जब परिपक्व हुन्छ विजय हत्याउनलाई अथवा साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूले जब अकस्मात हमलाहरू गर्दछन् र सशस्त्र धावाहरू बोल्दछन् तिनीहरूमाथि शक्तिशाली प्रहारहरू गर्न तयार हुन जानेछ। 

यदि यस्ता तयारी गर्न मजदुर पार्टी असमर्थ हुन्छ भने यसले मजदुर वर्गको क्रान्तिकारी इच्छालाई पक्षघात गरिदिनेछ, आफूलाई सैद्धान्तिक रुपले निःशस्त्र पार्नेछ र राजनैतिक र सङ्गठनात्मक दुवै रुपले गैरतयारीपनाको पूर्ण निष्त्रि्कय हालतमा डुबाउनेछ र परिणाम मजदुर क्रान्तिकारी सवाललाई छोड्नु हुनेछ। 

१२) मानव जातिको इतिहासका विभिन्न अवस्थाहरूका तमाम सामाजिक क्रान्तिहरू ऐतिहासिक अवश्यम्भावी हुन् र ती सबै मानिसको इच्छादेखि स्वतन्त्र बाह्य नियमहरूद्वारा सञ्चालित भएका हुन्छन्। यसभन्दा बढी नागबेली र बलिदानहरूबिना विजय प्राप्त गर्न सकेको क्रान्ति कहिल्यै भएको थिएन भनी इतिहासले देखाउँछ। 

मार्क्सवादी–लेनिनवादी सिद्धान्त आधारको रुपमा लिएर मजदुर पार्टीको ठोस ऐतिहासिक अवस्थाहरूलाई विश्लेषण गर्नु, ठोस रणनीति र कार्यनीति पेश गर्नु र जनतालाई लुकेका चट्टानहरू छल्नमा, अनावश्यक बलिदानहरू जोगाउनमा र एक–एक खुड्किलो गरी निर्दिष्ट स्थानसम्म पुग्नमा बाटो देखाउनु हो। के बिलकुलै बलिदानहरू हुन नदिनु सम्भव छ? दास क्रान्तिहरूमा, अर्धदास क्रान्तिहरूमा, पूँजीवादी क्रान्तिहरूमा अथवा राष्ट्रिय क्रान्तिहरूमा यस्ता उदाहरणहरू छैनन् न मजदुर क्रान्तिहरूमै यस्तो छ। क्रान्तिको निर्देशनमा दिशा सही भए पनि क्रान्तिको क्रममा कमजोरीहरू र बलिदानहरू हुनै दिन्न भन्नु असम्भव छ। जबसम्म सही दिशा लिइन्छ, क्रान्ति अन्तमा विजयी हुनैपर्छ। बलिदानहरू हुन नदिने बहानामा क्रान्तिलाई त्याग्नु वास्तवमा जनतालाई सधैंभरि दास नै रहनदिनु हो र अत्यन्त दुःख र बलिदान सहनुपर्छ भन्ने माग हो। 

मार्क्सवाद–लेनिनवादको प्राथमिक ज्ञानले नै हामीलाई भन्छ कि क्रान्तिका प्रशव–पीडाहरू पुरानो समाजको जर्जर दुःख पीडाभन्दा धेरै नै कम पीडादायक छन्। लेनिनले ठीकै भन्नुभएको थियो कि 'घटनाहरूको सबभन्दा शान्तिपूर्ण प्रवाह हुँदा पनि वर्तमान (पूँजीवादी) व्यवस्थाले मजदुर वर्गबाट सधंै र अवश्यम्भावी रुपले अनगिन्ती बलिदानहरू जुटाउँछ।'        (लेनिन, 'अर्काे नरसंहार', संग्रह गरिएका कृतिहरू, विदेशी भाषा प्रकाशन गृह मस्को १८६१ भाग ५ पृ. २५।) 

यदि हरेक कुरा बिना खतराको छ भनेमात्र, बलिदानहरू र असफलताहरू हुँदैन भन्ने अग्रिम प्रत्याभूति छ भनेमात्र क्रान्ति गर्न सकिन्छ भनेर जसले सोच्छ, त्यो निश्चय नै क्रान्तिकारी हुँदैन। 

क्रान्तिले कस्तै कठिन अवस्थाहरू र कस्तै बलिदानहरू र हारहरू भोग्नुपरेको होस् मजदुर क्रान्तिकारीहरूले जनतालाई क्रान्तिकारी उत्साहले शिक्षित बनाउनु र क्रान्तिको झन्डालाई माथि उठाउनुपर्छ र यसलाई त्याग्नुहुँदैन। 

बाह्य अवस्थाहरू परिपक्व हुनुअघि नै यदि मजदुर पार्टीले क्रान्ति छेड्छ भने यो वामपन्थी दुस्साहसवाद ९ब्मखभलतगबचष्क्क० हुनजान्छ। तर यदि मजदुर पार्टीले बाह्य अवस्थाहरू परिपक्व हुँदा पनि क्रान्तिलाई नेतृत्व गर्न र राज्य शक्तिलाई हत्याउन साहस गर्दैन भने यो 'दक्षिणपन्थी' अवसरवाद हुन जान्छ। 

साधारण समस्याहरूमा पनि जब दैनिक सङ्घर्षमा यसले जनतालाई नेतृत्व गरिरहेको हुन्छ, मजदुर पार्टीले आफ्ना कार्यकर्ताहरू र जनतालाई क्रान्तिको लागि  सैद्धान्तिक, राजनैतिक र सङ्गठनात्मक रुपले तयार गर्नुपर्छ र क्रान्तिकारी सङ्घर्षहरूलाई बढाउनुपर्छ, जसले क्रान्तिको लागि जब अवस्थाहरू परिपक्व हुन्छ यसले प्रतिक्रियावादी शासनलाई पल्टाउनलाई र नयाँ राज्यशक्ति स्थापना गर्ने अवसर छोड्न नपरोस्। नत्र मजदुर पार्टीले त्यसै विजय हत्याउने अवसरलाई फाल्दछ। 

मजदुर पार्टी लचकदार तथा उच्च रुपले सिद्धान्तको हुनुपर्छ र मौकामा यसले क्रान्तिका हितहरूका यस्ता सम्झौताहरू गर्नुपर्छ जो आवश्यक छन्। तर यसले कहिले लचिलो र आवश्यक सम्झौताहरूको नाउँमा सिद्धान्तका ९एचष्लअष्उभिम० नीतिहरू र क्रान्तिको लक्ष्यलाई त्याग्नुहुँदैन। 

जहाँ जहाँ साम्राज्यवाद र प्रतिक्रियावादको कालो शासन हुन्छ, जनसङ्ख्याको नब्बे प्रतिशतभन्दा बढी भएका जनता ढिलो र चाँडो क्रान्तिमा उठेर आउँछन्। 

यदि कम्युनिष्टले आफूहरूलाई जनताका क्रान्तिकारी मागबाट अलग्याउँछन् भने उनीहरूले जनताको विश्वासलाई गुमाउनुपर्ने नै छ र उनीहरू क्रान्तिकारी धारद्वारा पछिल्तिर फ्याँकिनेछन्। 

यदि कुनै पार्टीमा नेतृत्व दिने समूहले गैरक्रान्तिकारी मार्ग अपनाउँछ र यसलाई एउटा सुधारवादी पार्टीमा बदल्छन् भने पार्टीभित्र र बाहिर रहेका मार्क्सवादी–लेनिनवादीहरूले उनीहरूको ठाउँ लिन्छन् र क्रान्ति गर्नमा जनतालाई नेतृत्व दिन्छन्। अर्काे प्रकारको स्थितिमा क्रान्तिलाई नेतृत्व दिनलाई पूँजीवादी क्रान्तिकारीहरू अघि बढ्छन् र मजदुर वर्गको पार्टीले क्रान्तिको आफ्नो नेतृत्व गुमाउनेछ। प्रतिक्रियावादी पूँजीवादी जब क्रान्तिलाई धोखा दिन्छन् र जनतालाई दबाउँछन् त्यसबेला अवसरवादी नीतिले कम्युनिष्टहरू र क्रान्तिकारी जनतालाई दुःखपूर्ण र अनावश्यक नोक्सानहरूमा पुर्‍याउनेछन्। 

यदि कम्युनिष्टहरू अवसरवादको बाटोबाट तल चिप्लिएर जान्छन् भने, उनीहरू बिग्रेर पूँजीवादी, राष्ट्रवादी भएर जान्छन् र साम्राज्यवादीहरू र प्रतिक्रियावादी पूँजपतिहरूको पछि पछि लाग्ने भएर जान्छन्। 

लेनिनपछि कुनै कुनै व्यक्तिले आफूले आफ्नो क्रान्तिकारी सिद्धान्तलाई सबभन्दा ठूला सृजनात्मक देनहरू दिएका छन् र तिनीहरूमात्रै सही छन् भन्ने दावी गर्दछन्। तर उनीहरूले साँच्चै कहिल्यै सम्पूर्ण विश्व कम्युनिष्ट आन्दोलनको विस्तृत अनुभवलाई विचार गरेका छन्, उनीहरूले साँच्चै कहिल्यै पूर्ण रुपमा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका हितहरू, लक्ष्य र कार्यहरूलाई विचार गरेका छन् र उनीहरूसँग मार्क्सवाद–लेनिनवादसँग मिल्दो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको लागि आम नीति छ भन्ने कुरा गर्छन् भने त्यो कुरा धेरै शङ्कास्पद छ। 

बितेका केही वर्षहरूमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनले धेरै अनुभवहरू र धेरै शिक्षाहरू पाएका छन् र जनताले प्रशंसा गर्नुपर्ने अनुभवहरू छन् र जनताले दुःख मनाउनुपर्ने अनुभवहरू छन्। सबै मुलुकका कम्युनिष्टहरू र क्रान्तिकारीहरूले सफलता र असफलता यी अनुभवहरूलाई तिनीहरूबाट सही निष्कर्षहरू र उपयोगी शिक्षाहरू निकाल्नको निम्ति विचार गर्नु र गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ। 

(१३) समाजवादी मुलुकहरू र दबाइएका जनता तथा राष्ट्रहरूका क्रान्तिकारी सङ्घर्षहरूले एक अर्काेलाई समर्थन र मद्दत गर्छन्। 

एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका राष्ट्रिय मुक्ति आन्दोलनहरू र पूँजीवादी मुलुकका जनताका क्रान्तिकारी आन्दोलनहरू समाजवादी मुलुकहरूको लागि बलिया समर्थन हुन्। यसलाई नमान्नु पूर्णतया गल्ती हो। 

दबाइएका जनता र राष्ट्रहरूका क्रान्तिकारी सङ्घर्षहरूप्रति अपनाउनुपर्ने समाजवादी मुलुकहरूको लागि एकमात्र प्रवृत्ति हो तिनीहरूको पनि न्यानो सहानुभूति र सक्रिय समर्थनको प्रवृत्ति, तिनीहरूले औपचारिक प्रवृत्ति अथवा राष्ट्रिय स्वार्थको प्रवृत्ति अथवा ठूलो शक्ति अहङ्कारवाद ९ऋजबगखष्लष्क्क० को प्रवृत्ति नै अपनाउनु हो। 

लेनिनले भन्नुभएको थियो – 'कुनै र सबै साम्राज्यवादहरूको विरुद्ध विकसित मुलुकहरूका क्रान्तिकारीहरूसित र सबै दबाइएका जनतासितको एकता यस्तो छ मजदुर वर्गको वैज्ञानिक नीति।' (लेनिन 'रुसी क्रान्तिको वैदेशिक नीति', संग्रह गरिएका कृतिहरू, चौथो रुसी संस्करण, राजनैतिक साहित्यको निम्ति राज्य प्रकाशन गृह ९क्एज्ी०, १९४९ मस्को, भाग २५ पृ. ६९।) जसले यस शिक्षालाई बुझ्न सक्दैन र दबाइएका जनता र राष्ट्रहरूलाई समाजवादी मुलुकबाट दिइने समर्थन अथवा मद्दत बोझ अथवा दान हुन् भन्ने सोच्दछ, त्यो मार्क्सवाद–लेनिनवाद र मजदुर अन्तर्राष्ट्रवादको विपरीत गइरहेको हुन्छ। 

समाजवादी व्यवस्थाको उच्चता र निर्माणमा समाजवादी मुलुकका प्राप्तिहरूले उदाहरणको भूमिका खेल्छन् र यो दबाइएका जनता र राष्ट्रहरूलाई उत्साह हुन्। 

तर यो उदाहरणको भूमिका र उत्साहले कदापि दबाइएका जनता र राष्ट्रहरूका क्रान्तिकारी सङ्घर्षहरूको स्थान लिन सक्दैन। कुनै पनि दबाइएका जनता अथवा राष्ट्रले त्यसको आफ्नै कडा क्रान्तिकारी सङ्घर्षबाट बाहेक मुक्ति प्राप्त गर्न सक्दैन। 

कुनै कुनै व्यक्तिहरूले दबाइएका जनता र राष्ट्रहरूका क्रान्तिकारी सङ्घर्षहरूको ठाउँमा शान्तिपूर्ण प्रतियोगितालाई राख्ने आफ्नो प्रयासमा एकतर्फी नै समाजवादी र साम्राज्यवादी मुलुकहरू बीचको शान्तिपूर्ण प्रतियोगिताको भूमिकालाई बढाइ चढाइ गरेका छन्। उनीहरूको प्रचारअनुसार के देखिन्छ भने यस शान्तिपूर्ण प्रतियोगिताको क्रममा नै साम्राज्यवाद स्वतः खतम भएर जानेछ र दबाइएका जनता र राष्ट्रहरूले गर्नुपर्ने एउटै मात्र काम हो यस दिनको आगमनको चुपचाप प्रतिक्षा गर्नु। मार्क्सवादी–लेनिनवादी दृष्टिकोणहरूसित यसको कहाँ मेल छ? 

अझ बढी चीन र अरु केही समाजवादी मुलुकहरू 'लडाइँ छेड्न' चाहन्छन् र 'राज्यहरू बीचका लडाइँहरू' द्वारा समाजवाद फैलाउन चाहन्छन् भनेर कुनै कुनै व्यक्तिहरूले अनौठो कथा रचेका छन्। १९६० को वक्तव्यले दर्शाए जस्तै यस्ता कथाहरू साम्राज्यवादी र प्रतिक्रियावादी लाञ्छनाहरूबाहेक केही होइनन्। यसलाई खरो रुपमा भन्ने हो भने, यी लाञ्छनाहरू दोहोर्‍याउनेहरूको उद्देश्य संसारका दबाइएका जनता र राष्ट्रहरूद्वारा गरिने क्रान्तिहरू र यस्ता क्रान्तिहरूलाई समर्थन गरिरहेका अरुसित उनीहरू विरोधी छन् भन्ने तथ्यलाई लुकाउनु हो। 

१४) बितेका केही वर्षहरूमा लडाइँ र शान्तिको सवालमा धेरै (वास्तवमा ज्यादै भनिसकिएको छयस सवालमा) हाम्रा दृष्टिकोणहरू र नीतिहरू संसारलाई थाहा छ र कसैले तिनीहरूलाई बङ्ग्याउन सक्दैन। 

यो दयालाग्दो कुरा हो कि यद्यपि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा कुनै कुनै व्यक्तिहरू उनीहरू शान्ति कति चाहन्छन् र लडाइँलाई कति घृणा गर्छन् भन्नेबारे कुरा गर्छन्, तैपनि उनीहरू लडाइँसम्बन्धी लेनिनद्वारा दर्शाइएको सीधा सत्यको अलिकति समझदारी पनि प्राप्त गर्न चाहिरहेका छैनन्। 

 

लेनिनले भन्नुभएको थियो– 'मलाई लाग्दछ कि लडाइँको सवालको मुख्य कुरा, जो सधैंभरि बिर्सिइने गर्दछ र जसले अपर्याप्त ध्यान पाउँछ, किन यति धेरै वादविवाद हुन्छ भन्ने मुख्य कारण म भन्दछु बेकार, तीन कौडी र लक्ष्यहीन वादविवाद केे हो भने मानिसहरू लडाइँको वर्ग स्वभावको मूलभूत सवाललाई बिर्सन्छन्त्र किन लडाइँ भएको थियोत्र वर्गहरूले यसलाई छेडिरहेका छन्त्र ऐतिहासिक र ऐतिहासिक–आर्थिक अवस्थाहरूले यसलाई पैदा गरेको थियो।' (लेनिन, 'लडाइँ र क्रान्ति' सग्रह गरिएका कृतिहरू, चौथो रुसी संस्करण, राजनैतिक साहित्यको निम्ति राज्य प्रकाशन गृह, मस्को १९४९, भाग १४ पृ. ३६२।) 

मार्क्सवादी–लेनिनवादीहरूले यसलाई विचार गरे जस्तो, लडाइँ र अरु उपायहरूद्वारा चलाइने राजनीतिको निरन्तरता ९ऋयलतष्लगबतष्यल० र हरेक लडाइँ राजनैतिक व्यवस्था र राजनैतिक सङ्घर्षहरू गर्नेहरूले यसलाई पैदा गर्दछन्, तिनीहरूसँग अभिन्न छन्। यदि कोही वर्ग सङ्घर्षको सम्पूर्ण इतिहासद्वारा सत्य सावित गरेको यो वैज्ञानिक मार्क्सवादी–लेनिनवादी उक्ति ९एचयउयकष्तष्यल० बाट कोही पर जान्छ भने त्यो कहिल्यै लडाइँको सवाललाई, शान्तिको सवाललाई बुझ्न समर्थ हुनेछैन। 

शान्ति विभिन्न प्रकारका हुन्छन् र लडाइँ पनि विभिन्न प्रकारकाहुन्छन्। मार्क्सवादी–लेनिनवादीहरूको विषयवस्तु कुन प्रकारको शान्ति अथवा कुन प्रकारको लडाइँ हो भन्नेबारे स्पष्ट हुनुपर्छ। न्यायोचित लडाइँहरूलाई सँगसँगै थुप्राउन र नछुट्याईकनै तिनीहरू सबैलाई विरोध गर्नु पूँजीवादी शान्तिवादी हेराइ हो न कि मार्क्सवादी–लेनिनवादी हेराइ। 

कुनै कुनै मानिसहरू भन्दछन् कि क्रान्तिहरू विना लडाइँ नै पूर्ण रुपले सम्भव छ। अहिले लडाइँको कुन प्रकारलाई तिनीहरूले उल्लेख गरिरहेका हुन्– के यो राष्ट्रिय मुक्तिको लडाइँ अथवा क्रान्तिकारी गृहयुद्ध हो अथवा के यो विश्वयुद्ध हो? 

यदि उनीहरूले राष्ट्रिय मुक्तिको लडाइँ अथवा क्रान्तिकारी गृहयुद्धलाई उल्लेख गरिरहेका भए, तब यो भनाइ वास्तवमा क्रान्तिकारी लडाइँ र क्रान्तिका विरोधी हुन्। 

यो उनीहरूले विश्वयुद्धलाई उल्लेख गरिरहेका भए, तब उनीहरू नभएको निशाना हान्दै छन्। यद्यपि मार्क्सवादी–लेनिनवादीहरूले दुई विश्वयुद्धहरूको इतिहासको आधारमा विश्वयुद्धहरूले अवश्यमेव क्रान्तितिर लान्छ भन्ने औंल्याएका थिए, तैपनि विनालडाइँ क्रान्ति गर्न सकिँदैन भन्ने कुरालाई कुनै मार्क्सवादी–लेनिनवादीले कहिल्यै विचार गरेको छैन र गर्ने पनि छैन। 

मार्क्सवादी–लेनिनवादीहरूले लडाइँ खतम गर्ने कुरालाई आफ्नो आदर्शको रुपमा लिन्छन् र लडाइँ खतम गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दछन्। 

तर लडाइँ कसरी खतम गर्न सकिन्छ? 

लेनिनले यसलाई यसरी हेर्नुभएको थियो – 

'.... हाम्रो उद्देश्य हो समाजको समाजवादी व्यवस्था प्राप्त गर्नु, जसले मानव जातिको वर्गहरूमा विभाजनलाई खतम गरेर, मानिसद्वारा मानिसमाथि हुने र एउटा राष्ट्रमाथि अर्काे राष्ट्रबाट हुने सबै शोषणहरूलाई खतम गरेर अवश्यम्भावी रुपले लडाइँका सबै सम्भावनाहरूलाई खतम गर्नेछ।' (माथिकै पुस्तक, पृ. ३६३।) 

१९६० को वक्तव्यले पनि, यसलाई धेरै स्पष्ट रुपले राखेको छ – 'संसारभर समाजवादको विजयले सबै लडाइँहरूका सामाजिक र राष्ट्रिय कारणहरूलाई पूर्णरुपले हटाउनेछ।' 

तर कुनै कुनै व्यक्तिहरू अहिले वास्तविक रुपले विचार गर्दछन् कि साम्राज्यवादको र मानिसद्वारा मानिसमा हुने शोषणको व्यवस्था अहिलेसम्म कायमै रहे पनि 'आम र पूर्ण निःशस्त्रीकरण' द्वारा 'विनाहतियारहरू, विनासशस्त्र फौजहरू र विना लडाइँहरूको संसार' ल्याउनु सम्भव छ। यो कोरा भ्रम हो। 

मार्क्सवाद–लेनिनवादको प्रारम्भिक ज्ञानले हामीलाई भन्छ कि सशस्त्र फौजहरू राज्ययन्त्रका प्रमुख अङ्ग हुन् र विना हतियारहरू र बिना सशस्त्र फौजहरूको तथाकथित संसार राज्यहरू बिनाको संसारमात्र हुनसक्दछ। लेनिनले भन्नुभएको थियो – 

'मजदुर वर्गले पूँजीपति वर्गलाई निःशस्त्रीकरण गरिसकेपछि मात्र यो आफ्नो विश्व–ऐतिहासिक कर्तव्यलाई धोखा नदिइकनै, सबै हातहतियारहरूलाई रद्दीको टोकरीमा फाल्न समर्थ हुनेछ र मजदुर वर्गले निःसंदेह यसलाई खत्तम गर्नेछ, तर यो अवस्था पूरा भइसकेपछि मात्र निश्चय नै त्यसभन्दा अघि होइन।' (लेनिन, 'मजदुर क्रान्तिको लडाइँ कार्यक्रम' छानिएका कृतिहरू, विदेशी भाषा प्रकाशन गृह, मस्को, १९५२, भाग १ खण्ड २ पृ. ५७४।) 

आजको संसारका तथ्यहरू के के हुन्? संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएका साम्राज्यवादी मुलुकहरू आम र पूर्ण निःशस्त्रीकरण गर्न तयार छन् भन्ने के प्रमाणको कुनै छायाँ छ? के तिनीहरू हरेक र सबै आम र पूर्ण हतियारहरू बढाउनमा लागेका छैनन्? 

हामीले जहिले पनि भनेका छौं कि साम्राज्यवादीहरूको हतियार बढाउने र लडाइँका तयारीहरूलाई उदाङ्ग्याउन र सङ्घर्ष गर्नको लागि आम निःशस्त्रीकरणको प्रस्ताव पेश गर्नु आवश्यक छ। अझ समाजवादी मुलुकहरू र सम्पूर्ण विश्वका जनताको संयुक्त सङ्घर्षद्वारा साम्राज्यवादलाई निःशस्त्रीकरणको सम्बन्धमा कुनै प्रकारको सम्झौता स्वीकार गर्न बाध्य गराउनु सम्भव छ। 

यदि कसैले आम र पूर्ण निःशस्त्रीकरणलाई नै विश्वशान्तिको आधारभूत बाटोको रुपमा ठान्दछ भने, साम्राज्यवादले स्वतः आफ्ना हतियारहरू छोड्दछ भन्ने भ्रम फैलाउनु छ भने र निःशस्त्रीकरणको बहानामा दबाइएका जनता र राष्ट्रहरूका क्रान्तिकारी सङ्घर्षहरू खत्तम गर्ने कोसिस गर्छ भने, तब यो जानी जानी विश्वका जनतालाई मद्दत दिनु हो। 

लडाइँ र शान्तिको सवालको सम्बन्धमा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको वर्तमान सैद्धान्तिक अन्योल ९ऋयलागकष्यल० माथि विजय पाउनको लागि हामी सोच्दछौं कि आधुनिक संशोधनवादीहरूद्वारा तिरस्कार गरिएको लेनिनको सूत्र ९त्जभकष्क० लाई हमला र लडाइँका साम्राज्यवादी नीतिहरूसँग सङ्घर्ष गर्ने र विश्वशान्तिलाई रक्षा गर्ने कुराको हितमा फर्काइनुपर्दछ। 

विश्वका जनता व्यापक रुपले नयाँ विश्वयुद्ध रोक्ने माग गर्दछन् र नयाँ विश्वयुद्ध रोक्नु सम्भव छ। 

तब सवाल छ, विश्वशान्ति सुरक्षित गर्ने बाटो के हो? लेनिनवादी दृष्टिकोणअनुसार विश्वशान्ति सबै मुलुकहरूका जनताको सङ्घर्षद्वारा मात्र प्राप्त गर्न सकिन्छ र यसको निम्ति साम्राज्यवादीहरूसँग भीख मागेर प्राप्त गर्न सकिँदैन। विश्वशान्तिलाई समाजवादी खेमाका शक्तिहरूको विकासमा सबै मुलुकका मजदुर वर्ग र श्रमजीवी जनताका क्रान्तिकारी सङ्घर्षहरूमा दबाइएका राष्ट्रहरूका मुक्ति सङ्घर्षहरूमा र सबै शान्तिप्रिय जनता र मुलुकहरूका सङ्घर्षमा भर परेरमात्र प्रभावकारी ढङ्गले बचाउन सकिन्छ। 

यस्तो होला लेनिनवादी नीति ! यसको उल्टो कुनै नीतिले निश्चित रुपले विश्वशान्तितिर लाँदैन बरु साम्राज्यवादीहरूको आकाङ्क्षाहरूलाई मात्र प्रोत्साहित गर्नेछ र विश्वयुद्धको खतरालाई बढाउनेछ। 

यता केही वर्षमा कुनै कुनै व्यक्तिहरूले यो तर्क फैलाइरहेका छन् कि राष्ट्रिय मुक्तिको लडाइँबाट अथवा क्रान्तिकारी जनताको लडाइँबाट एउटै झिल्कोले सम्पूर्ण मानव जातिलाई नै विनाश गर्ने विश्व ज्वाला ९ऋयलाबिनचबतष्यल० दन्किनेछ। तथ्यहरू के हुन्? यी व्यक्तिहरूको भनाइको विपरीत राष्ट्रिय मुक्तिका लडाइँहरू र क्रान्तिकारी जनताका लडाइँहरूले जो द्वितीय विश्वयुद्धदेखि भएका छन्, विश्वयुद्धतिर लगेन। यी क्रान्तिकारी लडाइँहरूको विजयले प्रत्यक्ष रुपले साम्राज्यवादका शक्तिहरूलाई कमजोर पारेको छ, जसले साम्राज्यवादीहरूलाई विश्वयुद्ध छेड्नुबाट रोक्दछ र जसले विश्वशान्तिलाई रक्षा गर्दछ। के यी तथ्यहरूले त्यस तर्कको मूर्खतालाई दर्शाउँदैनन्? 

१५) आणविक हतियारहरूको पूर्ण प्रतिबन्ध र विनाश विश्वशान्ति रक्षा गर्ने एउटा महत्वपूर्ण कार्य हो। यसको लागि हामीले आफूले सक्दो गर्नुपर्दछ। 

आणविक हतियारहरू अभूतपूर्व रुपले विनासकारी छन्, त्यसैले अमेरिकी साम्राज्यवादीहरूले दशौं वर्षदेखि अहिलेसम्म सबै मुलुकहरूका जनतालाई दास बनाउने र संसारलाई दबाउने उनीहरूको आकाङ्क्षालाई पूरा गर्नको लागि आणविक धम्की ९द्यबिअफबष्०ि दिंदै आएका छन्। 

तर जब साम्राज्यवादीहरूले अरु मुलुकहरूलाई आणविक हतियारहरूले तर्साउँछन्, तिनीहरूले आफ्नै मुलुकका जनतालाई पनि धम्की दिन्छन् र यसरी उनीहरूलाई आणविक हतियारहरूको विरुद्ध र हमला र लडाइँका साम्राज्यवादी नीतिहरूको विरुद्ध जगाउँछन्। साथै आफ्ना विरोधीहरूलाई आणविक हतियारहरूले नाश गर्ने आफ्नो फोस्रो आशामा साम्राज्यवादीहरूले वास्तवमा आफै नासिने खतरामा राखिरहेका छन्। 

आणविक हतियारहरूमाथि प्रतिबन्ध लगाउने सम्भावना साँच्चै छ। तर आणविक हतियारहरूमाथि प्रतिबन्ध लगाउने सम्झौता स्वीकार गर्न साम्राज्यवादीहरूलाई बाध्य गराइन्छन् भने यो निश्चय नै 'मानव जातिको निम्ति तिनीहरूको प्रेम' ले गर्दा हुने होइन, तर सबै मुलुकहरूका जनताको दबाबले गर्दा र उनीहरूको आफ्नै मुख्य सङ्घर्षहरूको निम्ति हुन्छ। 

साम्राज्यवादीहरूको बिल्कुल उल्टा, समाजवादी देशहरू जनताको पवित्र ताकतमाथि र आफ्नै सही नीतिहरूमाथि भर पर्छन् र विश्व रङ्गशालामा आणविक हतियारहरूको जुवा खेल्नु साम्राज्यवादलाई आणविक युद्ध सुरु गर्नुबाट रोक्नको लागि मात्र समाजवादी देशहरूसित आणविक हतियारहरू रहेका छन्। 

मार्क्सवादी–लेनिनवादीहरूको दृष्टिमा जनता इतिहासका निर्माता हुन्। पहिले पहिले झैं अहिले पनि मानिस नै निर्णयात्मक उपकरण हो। मार्क्सवादी–लेनिनवादीहरू प्राविधिक परिवर्तनको भूमिकालाई महत्त्व दिन्छन् तर मानिसको भूमिकालाई कम महत्त्व दिनु र प्राविधिक विज्ञानको भूमिकालाई बढी महत्व दिनु गलत हुन्छ। 

आणविक हतियारहरूको उत्पत्तिले मानव इतिहासको प्रगतिलाई रोक्न सक्दैन, न यसले साम्राज्यवादी व्यवस्थालाई यसको स्वभाविक अन्तबाट बचाउन सक्छ, जसरी नयाँ प्रविधिहरूको उत्पत्तिले पुराना व्यवस्थाहरूलाई उनीहरूको अन्तबाट बचाउन सकेन। 

आणविक हतियारहरूको उत्पत्तिले समसामयिक संसारमा रहेका मौलिक अन्तरविरोधहरूको समाधान गर्दैन र गर्नसक्दैन, यसले वर्ग सङ्घर्षको नियममा हेरफेर ल्याउँदैन र ल्याउन सक्दैन र यसले साम्राज्यवाद तथा प्रतिक्रियावादी स्वभावलाई बदल्दैन र बदल्न सक्दैन। 

तसर्थ, आणविक हतियारहरूको उत्पत्ति भएपछि सामाजिक तथा राष्ट्रिय क्रान्तिहरूको सम्भावना तथा आवश्यकता बिलाएर गइसकेका छन् वा मार्क्सवाद–लेनिनवादका मूलभूत सिद्धान्तहरू र खास रुपमा सर्वहारा क्रान्ति तथा सर्वहारा वर्गको अधिनायकत्व, युद्ध र शान्तिका सिद्धान्तहरू पुरानो भई सारहीन 'सिद्धान्त' बनिसकेका छन् भनेर भन्न सकिंदैन। 

१६) समाजवादी देशहरूले पूँजीवादी देशहरूसित शान्तिपूर्ण सहअस्तित्वको व्यवहार गर्न सम्भव छ भन्ने प्रस्थापनालाई लेनिनले प्रतिपादित गर्नुभएको थियो। महान् सोभियत जनताले विदेशी सशस्त्र हस्तक्षेपलाई हटाइसकेपछि पहिले लेनिनको नेतृत्वमा र त्यसपछि स्तालिनको नेतृत्वमा सोभियत सङ्घको कम्युनिष्ट पार्टी र सोभियत सरकारले शान्तिपूर्ण सहअस्तित्वको नीतिको दृढ रुपमा अनुशरण