January 23, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

चाडबाडमा मात्र सीमित भयो हाकुपटासी (कालो सारी)

हाकुपटासी, धेरैजसो देशहरूमा चिनिने एक मौलिक र नेवार समुदायको राष्ट्रिय पोशाक हो। यस्ता सारी पुर्खौली माहिलाहरू सधैं नै लाउने गर्थे र कोही अहिले पनि लगाउँछन्। तर विभिन्न नयाँ–नयाँ डिजाइनका लुगा आउन थालेपछि भने यो सारी चाडबाडमा मात्र सीमित हुन थालेको छ। चाडबाडमा लगाए पनि तानले बुनेको हाकुपटासी नभई कुनै एउटा कालो सारीमा रातो बुटा भरेको सारी लगाउने गर्छन्,आजकलका महिलादिदी बहिनीहरू। 

हाकुपटासी बुन्नेहरू कम भएका छन् र पहिलेको जस्तो घर–घरमा अब तान रहेन। कतिपयले तानको काठ नै दाउराको रुपमा प्रयोग गरे भने कसैले बढी ठाउँ ओगत्ने भनेर बेचेर पठाए। कुनै व्यवसायिक रुपले मात्र हाकुपटासी बुन्ने गरेका छन्। पहिले महिलाहरू बिहान उठेदेखि बेलुका नसुतेसम्म तानमा बसेर आफ्ना कार्यहरू गर्थे। तर अहिले महिलाहरू शिक्ष्ाित छन्, उनीहरूलाई अरु नै काममा लाग्ने गरेका छन्। यो पेशा त हराउँदै नै गएको छ। 

फेरि कुनै महिला सलंग्न भए उनीहरूमा मात्र सीमित छन्। भोलिका पुस्ताले त तान भनेको के हो भनेर थाहा नहुने अवस्था भइसकेको छ। नेवार समुदायको राष्ट्रिय पोशाक हाकुपटासी यस्तै हुने हो भने त नयाँ पुस्ताले हाकुपटासी भनेकै थाहा नहुन सक्नेमा कुनै दुईमत नहोला। 

त्यसैले कुनै चाडबाडमा लाए पनि नेवारहरू आफैले बुनेको लाए ठीक होला। हो, यो गुर्‍हुङ्गो हुन्छ, तर त्यसो भन्दैमा हाम्रो संस्कृतिलाई बिर्सेर बजारमा उपलब्ध हुने सारी लाउनु भएन। हाकुपटासी नेवारहरूको मात्र नभई विदेशमा नेपालकै चिनारीको रुपमा चिनिन्छ। विदेशीहरू पनि हाकुपटासी लाएका महिलाहरू देखे भने फोटो खिच्नको लागि पछि पर्दैनन्। कोही त अझ आफू पनि लाउने कोसिस गर्छन्। त्यसैले यस्तो मौलिक सारी हाकुपटासीको विभिन्न कालो सारीमा रातो बुटा भरेर लाउनु झुन्डाउनु गलत हो कि। त्यसले गर्दा श्रम गरेका अर्थात् हाकुपटासी बुन्ने मानिसहरूको रोजगारी पनि गुम्ने र संस्कृति पनि हराएको छ। – हिना