January 23, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

समाजवादी क्रान्ति क्रान्तिकारी कम्युनिष्टको कार्यभार

एमाले र माकेले आफूलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह भएको दाबा गर्ने गर्नेछन् तर सैद्धान्तिक र व्यवहारिक दुवै रुपमा तिनीहरूले कम्युनिष्ट आचरण त्यागी पूँजीवादी साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन्। यसर्थ एमाले र माके कम्युनिष्ट पार्टी होइनन् मात्र होइन वामपन्थी भन्नसमेत लायक छैनन्।  

वर्ग सङ्घर्ष, सर्वहारा वर्गको अधिनाकत्व, परिवर्तनमा बल प्रयोगको भूमिका, निरन्तर क्रान्ति, सांस्कृतिक क्रान्तिलगायतका कम्युनिष्ट सैद्धान्तिक आचरण त्यागेर कथाकथित शान्तिपूर्ण सङ्क्रमण, चुनावबाट क्रान्ति, कानुनी क्रान्तिलगायतका संशोधनवादी दक्षिणपन्थी अवसरवादी चिन्तन बोकेका एमाले र माकेले सच्चा कम्युनिष्ट आन्दोलनका दुस्मन हुन्। राष्ट्रघाती महाकाली सन्धि, झण्डै ४० लाख भारतीयलाई दिने नागरिकता दिनेगरी नागरिकता विधेयक, अपर कर्णाली, विप्पा, अरुण–३, लिप्पुलेख प्रकरण, देशलाई बहुराष्ट्रिय कम्पनीको उपनिवेश बनाउने लगानी बोर्ड विधेयकलगायतका तमाम राष्ट्रघाती एवम् जनघाती कदमहरूले एमाले र माके भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादबाट पालित पोषित गुलामहरू हुन भन्ने प्रस्ट हुन्छ।  

कम्युनिष्ट आन्दोलन बेचेर खाएका दक्षिणपन्थी अवसरवादी एवम् भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका दलाल एमाले, माके र नशपाको वामपन्थी नामको दलाल सत्ताका गुलामहरूको गठबन्धन र जन्मिंदै नेपाली श्रमजीवी वर्गको शोषण गर्ने सपत खाएको विस्तारवाद साम्राज्यवाद एवम् दलाल पूँजीपति वर्गको उत्पादन नेकालगायतका बुर्जवाहरूको कथाकथित लोकतान्त्रिक गठबन्धन दुवै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका दुस्मनहुन्। फरक यति हो नेकालगायत बुर्जुवा देखिने दुष्मन हुन भने एमाले माकेलगायतका दक्षिणपन्थी अवसरवादीहरू नदेखिने दुश्मन। यी दुवै प्रतिगामी तत्त्वलाई सिध्याएर दलाल सत्ताको धब्बा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको निर्माण गर्नु सच्चा क्रान्तिकारी कम्युनिष्टको कार्यभार हो।  

प्रवेश दाहाल, दैलेख