January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

भारतीय राजदूतको धम्कीपछि अयोधी यादवले एकाएक बोली फेरे

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार साँझ राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेपछि चौतर्फी विरोध र आलोचना भयो। यसमा संवैधानिक अङ्ग निर्वाचन आयोग र सम्मानित उच्च संस्था राष्ट्रपति संलग्न भए। 

निर्वाचन आयोगले आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार भयो भन्दै आपत्ति जनायो भनेराष्ट्रपति विद्यादेवी भण्डारीले सपथ नगराउने अडान लिइन्। सपथका लागि प्रधानमन्त्रीले शनिबार बिहान समय मागेपछि दिउँसोसम्म राष्ट्रपति भण्डारी परामर्शमै व्यस्त भइन्। समय दिइनन्। 

नेपालको संविधानअनुसार देउवाको निर्णय रोक्ने वा मन्त्रीको सपथ नगराउने अधिकार राष्ट्रपतिलाई नभए पनि निर्वाचन आयोगलाई बदर गराउने अधिकार थियो। यदि निर्वाचन आयोगले बदर गराउने भनेर राष्ट्रपतिकहाँ प्रस्ताव लगेको भए सपथ ढिला भई नवनियुक्त उपप्रधानमन्त्री कमल थापासहित राप्रपा मन्त्रीहरूको पद नै धरापमा पर्थ्यो। 

राष्ट्रपति कार्यालय शीतल निवास पुगेको निर्वाचन आयोगको टोलीले सपथ गराउन राष्ट्रपति भण्डारीलाई सुझाव दियो। चौतर्फी बदरको माग हुँदाहुँदै प्रमुख निर्वाचन आयुक्तले 'राजनीतिक सङ्क्रमण' भन्दै मन्त्रीहरूलाई सपथ गराउन सुझाव दिए। निर्वाचन आयोगबाट यस्तो सुझाव आएपछि राष्ट्रपतिले सपथ गराउने निर्णय लिइन् र साँझ ७ बजेका लागि सपथ समय तोकियो। उनले आफू विवादमा तानिने देखेर सपथ रोक्ने निर्णयबाट ब्याक भएकी थिइन्। 

अयोधी यादवलाई भारतीय राजदूतको धम्की 

मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको निर्णय बदर गराउनेबारे निर्वाचन आयोगले बोल्न थालेपछि सोमबार बिहानै भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रमुख निर्वाचन आयुक्त अयोधी यादवलाई फोन गरेका थिए। फोनमा 'सपथ नहि गराओगे तो देख्लेना तुम्हारा क्या हाल होता हैं' भनेपछि यादव झस्किए। राष्ट्रपति कार्यालय पुगेर सपथ गराउन सुझाव दिएको उच्च स्रोतले बतायो। 

स्रोतका अनुसार अयोधी यादव भारतसँग डराउने र झुक्दै आएका छन्। उनले भारतीय राजदूतावाससँग बेला–बेला राम्रै सहयोग लिने हुनाले उनी भारतको चाहनालाई सम्बोधन गर्दै आएका छन्। अहिले पनि उनी राजदूतको धम्कीबाट डराएर राष्ट्रपतिलाई समेत सपथ गराउन बाध्य पारे। 

–नेपालपाना