January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

चिकपा केन्द्रीय समिति विस्तारित बैठक सम्पन्न

महाधिवेशनको पूर्ण तयारी 

पैचिङ् (सिन्ह्वा) चिनियाँ कम्युनिष्ट पार्टी १८ औं केन्द्रीय समितिको सातौं विस्तारित बैठक चार दिवसीय रुपमा शनिबार एक विस्तृत विज्ञप्ति जारी गर्दै सम्पन्न भयो।  

विस्तारित बैठकमा चिकपा केन्द्रीय समितिको राजनीतिक व्युरोको तर्फबाट पार्टी महासचिव सि चिनिफिङले कार्य प्रगति प्रतिवदेन पेश गर्नुभयो। बैठकले पाँच वर्षको एकपटक गर्नुपर्ने चिकपाको १९ औं महाधिवेशन अक्टोवर १८ देखि पैचिङमा गर्ने निर्णयलाई अनुमोदन गर्‍यो।  

बैठकले पार्टीको १९ औं महाधिवेशनमा पार्टीको १८ औं केन्द्रीय समितिको तर्फबाट पेश गरिने कार्य प्रगति प्रतिवेदन तथा चिकपा केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदन परिमार्जनसहित पारित गर्नुको साथै चिकपाको संविधानमा गरिने संशोधनमाथि छलफल गरी अनुमोदन समेत गर्‍यो।  

उक्त तीनवटै दस्तावेज चिकपाको आसन्न महाधिवेशनमा प्रस्तुत गर्ने निर्णयसमेत गरिएको छ। चिकपाको संविधानमा गरिने संशोधनमा पार्टीको मुख्य सिद्धान्तहरू र रणनीतिक विचार उल्लेख गर्ने रहेको बताइन्छ। चिकपाको संशोधित संविधानले मार्क्सवादको पछिल्लो शुद्धिकरण, नयाँ प्रशासनका अवधारणाहरू, १८ औंं चिकपा महाधिवेशनपछिदेखिका चिकपा केन्द्रीय समितिका विचारधारा र रणनीतिहरू साथै पार्टी नेतृत्वलाई बलियो बनाउने कतिबद्धताको र प्रभावकारी पार्टी प्रशासनको प्रतिनिधित्व गर्ने बताइएको छ।  

विस्तारित बैठकको अध्यक्षता राजनीतिक व्युरो स्थायी समितिले गरेको थियो। 

विस्तारित बैठकमा महासचिव सिले १९ औं महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदा प्रतिवेदनको व्याख्या गर्नुभयो। त्यस्तै चिकपा केन्द्रीय समिति राजनीतिक व्युरो स्थायी समितिका सदस्य ल्यु युनशानले चिकपाको संविधान संशोधनको मस्यौदाबारे व्याख्या गर्नुभयो।  

विस्तारित बैठकमा चिकपा केन्द्रीवय समितिका १९१ सदस्य र १४१ वैकल्पिक सदस्यहरूका साथै चिकपा केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगका सदस्यहरू र पार्टीको विभिन्न केन्द्रीय विभागका सदस्यहरू मत हाल्न नपाउने सदस्यका रुपमा उपस्थित थिए।  

सो बैठकले चिकपा केन्द्रीय समितिका वैकल्पिक सदस्यमध्ये ११ जनालाई पूर्ण सदस्यका रुपमा मनोनित गरियो।  

चार महान ९ायगच न्चभबतक० 

विस्तारित बैठकले वर्तमान स्थिति र कार्यभारको मूल्याङ्कन गर्नुका साथै चार महान मा केन्द्रित भई विभिन्न विषयहरूमा गहन छलफल गर्‍यो र चिकपाको १९ औं महाधिवेशनको पूर्ण तयारी गर्‍यो। 

छलफलमा समावेश गरिएका विषयमा 'कयौं नयाँ ऐतिहासिक विशेषतासहित महान लडाइँमा संलग्न हुने, पार्टी निर्माणको नयाँ महान परियोजना लागू गर्ने, चिनियाँ विशेषताको समाजवादको महान विचारधारालाई अगाडि बढाउने र नयाँ परिवेशमा चिनियाँ राष्ट्रको पुनरुद्वारको महान सपना कार्यान्वयन गर्ने' रहेका जारी विज्ञप्तिमा जनाइएको छ।  

विस्तारित बैठकले चिकपा केन्द्रीय समितिको राजनीतिक ब्युरोले गत वर्ष १८ औं केन्द्रीय समितिको छैटौं विस्तारित बैठकदेखि हालसम्म गरेका सबै कार्यलाई अनुमोदन गर्‍यो।  

उक्त बैठकले चिकपाको १८ औं केन्द्रीय समितिको राजनीतिक व्युरोले १८ औं महाधिवेशनको भावनाअनुसार चिनियाँ विशेषताको समाजवादको महान व्यानर (तुल) लाई अझ उँचो बनाएको र केन्द्रीय समितिको विस्तारित बैठक सुनिश्चित गरेको भनी सर्वसम्मत निष्कर्ष निकाल्यो।  

विज्ञप्तिका अनुसार चिकपाको राजनीतिक ब्युरोले मार्क्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारा, तेङ स्याओफिङ सिद्धान्त, तीन प्रतिनिधित्व र विकासप्रतिको वैज्ञानिक दृष्टिकोणको महत्त्वपूर्ण सिद्धान्तलाई मार्गदर्शक सिद्धान्तका रुपमा लिन्छ र त्यस्तै वर्तमान महासचिव सि चिनफिङका शृङ्खलावद्ध विचार र नयाँ प्रशासन अवधारणा, विचार र रणनीतिलाई लागू गर्छ।  

पार्टीको राजनीतिक ब्युरोले पूरै राष्ट्रलाई प्रगतिको मार्गमा नेतृत्व गरेको छ भने देशको आर्थिक कार्यलाई उत्तिकै निरन्तरता दिएको छ। देशभित्र र बाहिरको अन्तर्राष्ट्रिय अवस्थाबारे ध्यान पुर्‍याएको छ र आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक र पर्यावरणीय प्रगतिलाई बढावा दिने समग्र नीतिलाई निरन्तरता दिएको छ। साथै 'चार महान' को अवधारणाअनुसार विकासको  समन्वय गरेको छ। नयाँ विकास अवधारणा लागू गर्न, कठिन सुधारकार्यलाई अगाडि बढाउन, स्वच्छ चिकपा निर्माण गर्न र भ्रष्टाचारविरुद्ध लडाइँ गर्न, जोखिम र चुनौतीहरूको प्रभावकारी सामना गर्न तथा बृहत नियन्त्रणको प्रणाली सुधार तथा अन्वेषण गर्ने आवश्यक रहेकोमा चिकपा दृढ छ। 

चिकपाले आर्थिक वृद्धि दरको स्थिरता, सुधारमा बढावा, आर्थिक संरचना मिलाउने, जनताको जीवनस्तर उकास्ने र जोखिम न्यूनीकरण गर्ने कार्यमा समन्वयको कार्य व्यवस्थित रुपमा गरिरहेको छ। 

चिकपाले देशको सेनाको निर्माण र सुधारलाई गहन बनाउँदै हङ्कङ्, मकाओको विशेष प्रशासनिक क्षेत्र र ताइवानसम्बन्धी कार्यलाई राम्ररी सञ्चालन गर्न पहलकदापी लिएको छ। साथै चौतर्फी ढङ्गले चिनियाँ विशेषताको ठूलो राष्ट्र कूटनीतिलाई अगाडि बढाएको छ। 

चिकपाले विस्तृत रुपमा पार्टी अनुशासनलाई मजबुत बनाएको छ। आर्थिक विकासलाई स्थिर र स्वास्थ्य बनाएको छ साथै सामाजिक एकता र स्थिरता कायम गरेको छ। 

पार्टीप्रतिको वफादारी 

'उच्च अधिकारीहरू पार्टीप्रति वफादार हुनुपर्छ र पार्टी एकता र पार्टी केन्द्रीय नेतृत्व प्रअधिकारलाई स्वैच्छिक रुपले रक्षा गर्नुपर्छ।' विस्तारित बैठकपछि जारी विज्ञप्तिमा जोड दिइएको छ। 

'हरेक क्षेत्रमा पार्टीको नेतृत्व सुनिश्चित गर्नुपर्छ र सबै कार्यको अनुगमन पार्टीले गर्नुपर्छ तथा सबै पार्टीको समन्वयलाई सुनिश्चित गर्नुपर्छ। पार्टीका सिद्धान्तहरूलाई उँचो उठाउँदै यसका नीतिहरूरुको कार्यान्वयन गर्नुपछर्' दस्तावेजल जोड दिनुभयो। 

वरिष्ठ कार्यकर्ताहरू सबै पार्टी सदस्यहरूका निम्ति उदाहरण कायम गर्दै पार्टी र जनतालाई हृदयमा राख्नुपर्छ। र के गर्नुहुन्छ र के गर्नुहुँदैन राम्ररी विचार गरेर मात्र काम गर्नुपर्छ। उनीहरूले बलियो राजनीतिक र नैतिकता प्रदर्शन पार्टी अनुशासन पालना र भष्टाचारको प्रतिरोध गर्नुपर्छ, विज्ञप्तिमा भनिएको छ।