January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

किसानलाई राजनीतिबाट अलग्याउने चाल हो?

संविधान कार्यान्वयनका निम्ति निर्वाचित हुनु र जनप्रतिनिधि निर्वाचित गर्नु निश्चय नै प्रजातान्त्रिक अभ्यास हो। तर, आम निर्वाचनको मिति तय गर्दा बहुमत जनताको पायक पर्ने र नपर्ने तथ्यलाई एकपटक विचार गर्नुपर्ने थियो। रुपान्तरित व्यवस्थापिका संसदको मिति २०७४ माघ ९ सम्ममा सीमित गर्ने कुनै प्राविधिक पक्ष होला तर नेपाल जस्तो कृषि प्रधान दशमा कार्तिक–मंसिरमा वर्षभरि खानका निम्ति धान भित्र्याउनु पर्ने बेलामा निर्वाचित मिति तोक्नु कतै किसानलाई राजनीतिबाट टाढै राख्ने चाल मात्र त होइन? नेपालको मध्य पहाडी र हिमाली जिल्लाहरूबाट कार्तिक महिनामा र तराईका जिल्लाहरूमा कार्तिक–मंसिरमा धानको कटनी र दाउनी गर्ने समय पर्छ। किसानहरू वर्षभरि खानुपर्ने चामलको निम्ति धान भित्र्याउनतिर लाग्ने कि चुनावमा उम्मेदवारी दिन र चुनाव प्रचारमा लाग्ने? रोघामा परेका छन्। अन्य पूँजीवादी पार्टी त धनीहरूका पार्टी, काम गर्न नपर्ने सम्भ्रान्त वर्गको पार्टी भए तर आफूलाई कम्युनिष्ट र वामपन्थी पार्टीहरूले पनि त्यसमा कुनै ध्यान दिएको देखिएन।आफूलाई नेपालको कम्युनिष्ट र वामपन्थी आन्दोलनको मूलधार दाबी गरेर नथाक्ने दलहरू व्यवहारलाई कम्युनिष्ट होइन भनी साबित भएका छन्। किनभने बहुमत मजदुर र किसानहरूको स्वार्थभन्दा पर कम्युनिष्टहरूको अलग्गै स्वार्थ नहुने कम्युनिष्ट घोषणापत्रले नै स्पष्ट गरेको छ। 

      –प्रवेश किसान