January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नेपाल संवत्को कार्यक्रम हेर्दा लागेको कुरा

नयाँ वर्षको भव्य जुलुस, झाँकी, बाजागाजा, नाचगान हेरियो। भक्तपुर उत्सवमय भयो। नेपाल संवत्को कुरा वर्षमा एकैदिन यति धेरै गर्नेले अरु दिन के गरे जस्तो पनि लाग्यो। एकै दिन मनोरञ्जनको निम्ति जस्तो मनाएर के नेपाल संवत् राष्ट्रिय संवत्को रुपमा लिइएला? नेपाल सम्वत्लाई नेवारको मात्र भन्ने गलत बुझाइ कायमै हुनुमा अन्य जातजाति समेट्न नसक्नु पनि हो। विभिन्न जातजातिले अपनत्व लिने कार्यक्रम आवश्यक महसुस भयो।  

शुक्रबार भक्तपुरमा नेपालभाषा सहित्य तःमुंज्याले गरेको शुभकामना र्‍याली जनसांस्कृतिक मेलाजस्तो थियो। विजयउत्सव प्रतीत हुन्थ्यो। र्‍यालीको अघिल्लो पङ्क्ति खौमा पुग्दा पुछार टौमढीमा थियो। बाँसुरी र धिमे बाजा बजाउनेमा नयाँ र पुरानो पुस्ताको सम्मिश्रण थियो। माकचा प्याखँले र्‍यालीमा आकर्षण थपेको थियो। भक्तपुरको हाकुपतासीमा सजिएका दिदीबहिनी सार्‍है ठाँटिला देखिन्थे। परम्परागत भेषभुषाको आकर्षण घटेको रहेनछ भन्ने देखाउँछ। 

आजभन्दा २० वर्ष अघिका तःमुंज्याका र्‍यालीको स्मरण गर्ने हो भने फरक प्रस्ट बुझिन्छ। नयाँ वर्षको शुभकामना दिँदै नयाँ काम गर्न उत्साहित गर्ने नारा हुन्थे, देश र जनतालाई सचेत पार्ने राजनीतिक नारा हुन्थे। शुक्रबारको र्‍यालीमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरोधी नारा लेखिएका व्यानरहरू थिए। 

कार्यक्रम स्थल पुगेपछि सहभागी केही लाखापाखा लागे। देश र जनताको पक्षमा नेमकिपाले उठाएको विषयमा नेताहरूले महत्त्वपूर्ण विचार व्यक्त गर्नुभयो। जनताको राजनीतिक चेतनास्तर उठाउने तःमुंज्याको प्रयास यसमानेमा सफल छ। 

–प्रयास, भक्तपुर